१५ बैशाख २०८१, शनिबार

आज फाल्गुन ६ गते विहीबार देशभर आजको मौसम पूर्वानुमान


मौसम पूर्वानुमान

काठमाडौँ, फाल्गुन ६ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ ।

(बिहान ६ बजे)

मौसम विश्लेषण

हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ ।

हाल मौसमको अवस्था

हाल देशको पहाडी तथा हिमाली भूभागहरुमा आंशिक बदली रही अन्य भूभागको मौसम सामान्यतया सफा रहेको छ ।

दिउँसो

प्रदेश न २ र प्रदेश न ३ लगायत देशका पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदली रही पहाडी भू-भागका थोरै स्थानमा हल्का बर्षा हुने सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राती

प्रदेश नं १ मा आंशिक बदली रही वांकी प्रदेशहरुमा मौसम सामान्यतया सफा रहनेछ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानहरुमा हल्का हिमपात हुने सम्भावना छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपात तथा पहाडी भू-भागका थोरै स्थानमा हल्का बर्षा रहेको हुदा यसको प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउनु हुन सम्बन्धित सबैमा विभागले अनुरोध गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !