१४ बैशाख २०८१, शुक्रबार

सुनसरीको सुन्दर पर्यटकीय गन्तब्य ताल तलैया


ताल तलैया

पृष्ठभूमि : ताल तलैया क्षेत्रलाई २०५५ सालमा ताल तलैयाको नामाकरण गरिएको हो । इटहरी २ र ३ वडामा रहेको तालतलैया सिमसार क्षेत्र अहिले १ नं. प्रदेशकै नमुना पर्यटकीय क्षेत्रको रुपमा विस्तार हुँदै गएको छ ।

परिचय

ताल तलैजा क्षेत्र इटहरी उपमहानगरको २ र ३ वडामा फैलिएको छ । करीब २० हेक्टरमा फैलिएको ताल तलैयामा ७ वटा तालहरु छन् । प्राकृतिक ताल र प्रकृतिसँग रमाउन मानिसहरु ताल तलैयासम्म पुग्छन् । यहाँको ७ वटा तालमध्ये एउटामा बोटिङको मज्जा लिन सकिन्छ । १ नं. प्रदेशकै नमुना पर्यटकीय क्षेत्र बन्ने १ नं. प्रदेशको व्यापारिक केन्द्र इटहरीमा रहेको तालतलैया क्षेत्रलाई प्रदेशकै नमुना पर्यटकीय गन्तव्यको रुपमा विस्तार गरिएको छ । तातलैया विकास तथा संरक्षण समितिको मातहतमा रहेको ७६.७५ हेक्टर जमिनमध्ये २१.५० हेक्टर क्षेत्रफलमा पर्यटन पूर्वाधारहरु निर्माण भइरहेका छन् ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको प्राविधिक तथा आर्थिक सहयोगमा राष्ट्रिय तथा अन्तर्र्रािष्ट्रय मूर्तिकारहरुको उपस्थितिमा २८ वटा प्रतिमा निर्माण गरिएको छ । यहाँको प्रतिमालाई वरिपरिबाट हेर्दा छुट्टाछुट्टै आकृति देखिन्छ । जर्मन, जापान, मलेसिया, इजरायल, भारत र नेपालका मूर्तिकारहरुले ढुंगालाई कुँदेर मानिसको मुटुदेखि, आमाको प्रतिमा, माछाको प्रतिमा, त्यसैगरी विभिन्न प्रकारका कलात्मक प्रतिमाहरुले तालतलैयाको सौन्दर्यलाई थप आकर्षक बनाएको छ । २८ दिन लगाएर बनाइएको प्रतिमामा धरानको सर्दु जलधार क्षेत्रको ढुंगाको प्रयोग गरिएको छ ।

इतिहास

कुनै समय सिमै–सिमले भरिएको इटहरीको तालतलैया क्षेत्र पर्यटकीय क्षेत्रको रुपमा रुपान्तरण भएको छ । २०५५र०५६ सालतिर इटहरीमा तत्कालीन प्रमुख सर्वध्वोज साँवाको अगुवाइमा तालतलैया क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विस्तार गर्ने प्रयास भएको थियो । त्यसवेला सामान्य वृक्षारोपण तथा कटेजहरु निर्माण गर्ने कामबाहेक अरु केही हुन सकेन । त्यो प्रयास द्वन्द्वको समयमा त्यतिकै थाती रहन गयो । २०६२ सालमा सहरी विकास तथा भवन डिभिजन कार्यालयले इटहरीको जुटविकास टोलबाट तालतलैयासम्म पुग्ने मोटरबाटो निर्माण गर्ने, तालतलैया संरक्षण क्षेत्रभित्र भवन निर्माण गर्ने, खानेपानीको व्यवस्था मिलाउने, कल्भर्ट निर्माण गर्ने, चर्पी निर्माण गर्ने, पिकनिक खानका लागि कटेज निर्माण गर्ने तथा पर्यटक हिँड्ने गोरेटो बाटो निर्माण गरिदियो । बाटो निर्माण कार्य सम्पन्न भएसँगै तालतलैया क्षेत्र पर्यटकीय क्षेत्रको रुपमा विकास हुन थाल्यो ।

२०६६ बाट शान्ति नगरी सामुदायिक वन उपभोक्ता समूह इटहरी २ र सरस्वति सामुदायिक वन उपभोक्ता समूह इटहरी ३ मा रहेको ७६.७५ हेक्टर जमिनलाई एकीकृत गरी तालतलैया विकास संरक्षण समितिको मातहतमा ल्याई पर्यटकीय क्षेत्रको थप विस्तार गर्ने काम सुरु भयो । यसरी २०६६ सालबाट आधिकारिक रुपमा समिति गठन गरेर पर्यटकीय क्षेत्र विस्तार गर्ने अभियानमा लागेको समितिले अहिले ताल निर्माणदेखि विभिन्न प्रकारका मूर्तिहरुको निर्माण गरेको छ । जसले तालतलैयाको मुहार नै फेर्न थालेको स्थानीय बताउँछन् ।

पर्यटकीय महत्व

२०६६ सालबाट व्यवस्थित रुपमा सञ्चालन हुँदै आएको तालतलैया पर्यटन क्षेत्रमा सिजनको समयमा दैनिक पाँच हजारसम्म पर्यटक आउने गरेका छन् । विशेष गरी कात्तिकदेखि फागुनको दोस्रो सातासम्म यस ठाउँमा पर्यटकको घुइँचो लाग्ने गर्दछ । आन्तरिक तथा बाह्य पर्यटकहरुको समेत गन्तव्यस्थल बन्दै गएको तालतलैमा विषेश गरी पिकनिक खान खाने पर्यटकहरु बढी आउने गरेका छन् । यसैगरी जीवजन्तुको अवलोकन, जैविक विविधताको अवलोलनक तथा अनुसन्धानका लागि पर्यटक आउने गरेका छन् ।

प्राकृतिक सौन्दर्य

पर्यटकलाई मनोरञ्जन दिनका लागि तथा विभिन्न प्रकारका अनुसन्धानमा सहयोग र्पुयाउने लक्ष्यका साथ ताल तलैया पर्यटकीय क्षेत्रमा विभिन्न प्रकारका कलात्मक प्रतिमाहरुको निर्माण गरिएको छ । तराईको गर्मीले हैरान भएका व्यक्तिलाई थोरै मात्र माथि जाँदा सिमसार क्षेत्र तथा जंगलभित्र रहेका आकर्षक स्थलले पर्यटकलाई मनमोहक बनाउनेछ ।

जैविक विविधता

पुुर्वको विभिन्न ठाउँ हेरेपनि पर्यावरणीय र जैविक विविधताले ताल तलैया उपयुक्त देखिन्छ । ‘मिनि जु’ मा अजिंगर, मयुर, हुचिल, चित्तल, निगाले बाध, चरी बाध, दुम्सी, गिद्ध, स्याल, चिल, बाँदर, कछुवा जस्ता लोपोन्मुख थुप्रै जनावरहरु छन् । वन उपभोक्ता सदस्यहरुले फेला पारेका वन्यजन्तुहरुलाई यहाँ संरक्षण गरी राखिएको हो ।

आकर्षणहरू

हालसम्म बालमैत्री पार्क, पिकनिक स्थल, डुंगा सयर, घोडचडी दौड, जस्ता सेवा सुविधा दिन थालिएको यस तालतलैयामा चलपरी रिक्साको पनि अनुभव लिन सकिन्छ । यसका साथै पर्यटकहरुले चित्तल, मृग, विभिन्न जातका खरायो, स्याल, निगाले बाघ, बादर, कछुवा, दुम्सी, अजिंगर जस्ता जिवजन्तुको समेत अवलोकन तथा अनुसन्धान गर्न सक्नेछन्। घोडा चढ्ने रहर पनि यही पुरा हुन्छ । केटाकेटीको लागि चिल्ड्रेन पार्क छ ।

समस्याहरु

तालतलैया आकर्षक गन्तव्यस्थल भएपनि सरसफाइमा विशेष चासो दिनुपर्ने देखिन्छ । तालतलैया पर्यटकीय क्षेत्रमा सरसफाइ कम हुँदा कतिपय अवस्थामा पर्यटकहरु आएर लामो समयसम्म बस्ने सक्तैनन् ।

कसरी पुग्ने ?

इटहरी चोकबाट करिब ७ किलोमिटर उत्तर तथा कोशी राजमार्गमा पर्ने तरहराबाट ५ किलोमिटर पुर्वमा ताल तलैया पर्दछ ।

यो पनि पढ्नुहोस् 

धार्मिक पर्यटकीय गन्तव्य पिण्डेश्वर-दन्तकाली पदमार्ग

झापाको सुन्दर पर्यटकीय गन्तव्य गौरादह कृषि पर्यटन क्षेत्र

घुम्न जाने होइन झापाको धार्मिक तथा पर्यटकीय गन्तव्य अर्जुनधारा

घुम्न जाने होइन मोरङको प्राचीन तथा ऐतिहासिक पर्यटकीय स्थल विराट राजाको दरवार

दर्शन गरौ मनका अधुरा इच्छा एवं कामनाहरू पूरा गरिदिने ताप्लेजुङको पाथीभरा देवी


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु