१४ बैशाख २०८१, शुक्रबार

इन्द्रसरोवरको प्राकृतिक सुन्दरतामा भुल्दा


कुलेखानी बाँध/इन्द्रसरोवर
गोपाल भण्डारी
गोपाल भण्डारी

पृष्ठभूमि

तत्कालीन राजा वीरन्द्र शाहको पालामा विद्युत उत्पादन गर्न पानी सञ्चय गर्ने लक्ष्यले जलाशय निर्माण भएको थियो । श्री ५ युवराज्ञी इन्द्र राज्यलक्ष्मीको सम्झनामा यसको नामाकरण गरिएको हो । नेपालमा महत्वपूर्ण विद्युत आपूर्ति गर्दै आएको इन्द्रसरोवर नेपालको सबैभन्दा ठूलो मानव निर्मित जलाशय हो । प्रकृतिले बनाएका जलाशय र तालहरु बाहेक यति ठूलो ताल नेपालमा मान्छेले बनाउन सकेका छैनन् ।

परिचय

इन्द्रसरोवर मकवानपुर जिल्लाको इन्द्रसरोवर गाउँपालिकामा अवस्थित छ । नेपालकै एकमात्र मानव निर्मित ताल छ जसलाई इन्द्रसरोवर वा कुलेखानी नामले चिनिन्छ । यो कुलेखानी जलविधुत् आयोजनाको जलाशय हो । नेपालको सबैभन्दा ठुलो मानव निर्मित पोखरी हो । इन्द्रसरोवर सिस्नेरीदेखि मार्खुसम्म ७ किलोमिटर दूरीमा फैलिएको छ । यस तालबाट कुलेखानी पहिलो र दोस्रो आयोजना सञ्चालनमा छ ।

७ किलोमिटर लामो र करिब २ किलोमिटर चौडा जलाशयमा ८ करोड ५३ लाख घनमिटर पानी सञ्चित हुन्छ । यसमध्ये ७ करोड ३३ लाख घनमिटर पानी मात्र विद्युत् उत्पादन गर्न प्रयोग गर्न मिल्छ । जलाशयमा १५३० मिटरसम्म पानी भण्डारण गर्न सकिन्छ । इन्द्र सरोवर जलाशयको पानी सुरुङ मार्गबाट भिमफेदीको ढोडसिंङमा ६० मेगावाटको कुलेखानी पहिलो र ३२ मेगावाटको कुलेखानी दोस्रो आयोजना संचालनमा छ भने १४ मेगावाटको कुलेखानी तेस्रो आयोजना निर्माणाधीन छ । जलाशयमा पानी जम्मा गर्न ११४ मिटर अग्लो र १० मिटर चौडा रक फिल अर्थात ढुंगा र माटो मिश्रित बाँधको डयाम निर्माण भएको छ । ७ किलोमिटर लामो र औसतमा करिब २ किलोमिटर चौडा इन्द्र सरोवर ताल अर्थात जलाशयमा ८ करोड ५३ लाख घनमिटर पानी सन्चित हुन्छ ।

प्राकृतिक सौन्दर्य

इन्द्रसरोवर मौसम अनुसार रंग बदल्न सिपालु छ । वर्षा मौसममा हिले रंगमा बदलिने ताल शरद ऋतुमा पात पतिंगर कुहिएपछि लेउ लाग्दा हरियो देखिन्छ । हिउँदमा खुलेको नीलो आकाशसँगै सरोवर फेरि नीलो हुन्छ । वरिपरि माथिल्लो भेगमा बस्ती तथा तल्लो भेगमा जङ्गलले घेरिएको सफा नीलो पानीको यस दहले यहाँ आइपुग्ने प्रायः आन्तरिक पर्यटकलाई मन्त्रमुग्ध पार्छ । शहरी कोलाहलबाट त्यहाँ पुग्ने सबैलाई यसको शान्त अवस्थिति, परिवेश र जङ्गलले शीतलता र शान्तिको अनुभूति गराउँछ । यस तालको पानीबाट कुलेखानी प्रथम कुलेखानी दितिय र कुलेखानी तृतीय (हाल निर्माणाधीन) मा विद्युत उत्पादन गरिन्छ । जो नेपाल विद्युत प्राधिकरण को “द्यबअपगउ“ को रूपमा रहेको छ ।

पर्यटन

पर्यटकीय आकर्षणको केन्द्र पनि बन्दै गएको तालको पानी उपयोग गरी विद्युत् उत्पादन गरेकाले वीरगन्ज, विराटनगर, चितवन, बुटवल, पोखरालगायत क्षेत्रबाट यहाँ पर्यटक आउने गर्छन् । इन्द्रसरोवर नेपालीको जलविद्युत्को लाइफलाइन मात्रै होइन एउटा सुन्दर पर्यटकीय स्थल पनि हो । यहाँ बाह्रैमहिना ढुंगा सयर गर्न पाइन्छ ।

जलविद्युत आयोजनाका लागि निर्मित यो सरोवर रमणीय पर्यटकीय क्षेत्रको रुपमा विकसित भइरहेको छ । विद्युत आयोजनाले विजुली मात्रै दिँदैन, पर्यटकीय एवं प्राकृतिक सौन्दर्यलाई पनि यति सुन्दर बनाउँदोरहेछ भन्ने प्रमाण कुलेखानीमा हेर्न पाइन्छ । कुलेखानी वरिपरिका पाखा र डाँडाकाँडा यति मनमोहक छन् कि प्रकृतिको सुन्दरता नियाल्न युरोप वा अमेरिका पुग्नै पर्दैन, नेपाल यसका लागि पर्याप्त छ । काठमाडौं र हेटौडाबाट जलाशयमा डुंगा शयरका लागि मानिसहरु इन्द्र सरोवरसम्म पुग्ने गर्छन् । इन्द्रसरोवरको भ्रमणपछि मार्खु बजारसँगै रहेको सरकारी भेडा फार्म पनि हेर्न लायक छ ।

इन्द्रसरोवर गाउँपालिकाले आन्तरिक एवं बाह्य पर्यटकलाई आकर्षण गर्न इन्द्रसरोवर जलाशयको चारैतिर साइकिलिङ रोड निर्माण गर्न लागेको छ भने तनाव व्यवस्थापन स्थल पनि निर्माण गर्न लागेको छ  । स्थानीय संस्कृति, रीतिरिवाज परम्परागत वेशभूषा, बाजा, पेसाजस्ता अनेक कुरा खोज गरी संरक्षण गर्न लागिएको छ । विशेषतः गरी पालुङ उपत्यकामा नेवारी र तामाङ समुदायका मानिसहरु धेरै भएकाले उनीहरुको मौलिक पहिचान पर्यटकहरुलाई दिलाउन होमस्टे अवधारणालाई पराकिलो बनाउदै लगिएको छ ।

कसरी पुग्ने ?

इन्द्र सरोवर जानको लागि धेरै बाटोहरु छन । काठमाडौंबाट इन्द्र सरोवर पुग्न तीन रुटका मोटर मार्ग छन् । फर्पिङ हुँदै ४५ किमि, सिस्नेरी हुँदै ५५ किमि र चन्द्रागिरीबाट चित्लाङ हुँदै ३० किमिको दुरी पर्दछ । सार्वजनिक यातायातका साधन समेत पाइन्छ ।

तराईबाट हेटौडा–भिमफेदी भएर इन्द्रसरोवर जाने हो भने देउराली डाडाँबाट मुल सडक छाडेर इन्द्रसरोवरको डयाम साइडतर्फ लाग्नु पर्दछ । देउरालीबाट जलाशयको डयाम ७ किलोमिटर पर्दछ । डयाम देखि ७ किलोमिटर यात्रा गरेपछि इन्द्र सरोवर तालको किनारमा रहेको बजार क्षेत्रमा पुगिन्छ ।

घुमघाम गरौ आन्तरिक पर्यटन प्रवर्द्धन गरौ ! नेपाल भ्रमण बर्ष २०२० सफल पारौ !

यो पनि पढ्नुहोस्

इलामको मनोमहक सन्दकपुर

धनुषाको दोस्रो ठूलो धार्मिकस्थल धनुषाधाम


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु