७ बैशाख २०८१, शुक्रबार

इलामको मनोमहक सन्दकपुर


सन्दकपुर
गोपाल भण्डारी
गोपाल भण्डारी

पृष्ठभूमि 

परापूर्वककालमा सन्त तथा महर्षिहरुले बडो कष्टपूर्ण जप-तप गर्ने स्थल भएको यो स्थानको नाम सन्तपुर रहन गएको जनविश्वास छ । कालान्तरमा सन्तपुरको नाम अपभ्रंश हुदै सन्दकपुर नाम रहन गएको हो ।

परिचय

सन्दकपुर इलाम जिल्लाको सन्दकपुर गाउँपालिकामा अवस्थित जिल्लाकै उच्चस्थल चुचुरो हो । यसको उचाइ समुद्री सतहबाट ३६३६ मिटर रहेको छ । सन्दकपुर दक्षिण एसियामै सबैभन्दा राम्रोसँग हिमश्रृङ्खला दृष्यावलोकन गर्ने स्थल हो । यहाँबाट विश्वकै सर्वोच्च शिखर सगरमाथासहित भूटानसम्मका हिमशृङ्खलाहरू देख्न सकिन्छ । सूर्योदय, सूर्यास्त तथा कञ्चनजङ्घाको मनमोहक दृश्य यहाँबाट देख्न सकिन्छ । विभिन्न रङमा फुल्ने लालीगुराँस फूलका साथै अनेकौं प्रकारका स्थानीय जङ्गली फूलहरूले सन्दकपुरलाई सजाएको छ । सन्दकपुर माइखोलाको उद्गम स्थल पनि हो ।

धार्मिक तथा सांस्कृतिक महत्व

प्रसिद्ध धार्मिक स्थल माइपोखरी यस क्षेत्रमा पर्दछ । यहाँ बिशेष हिन्दु, बौद्ध धार्मिक बाहुल्य क्षेत्र हो । साकेला, उधौली उभौली, दशैं तिहार, लोसार, मारुनी, संगेनी, बालन, हाकपारे केलांग, चण्डी नाच, हुर्रानाच आदि यस क्षेत्रमा मनाइने प्रमुख चाडपर्वहरु हुन् जुन खासगरी राई, लिम्बु, ब्राम्हण, क्षेत्री, शेर्पा, सुनुवार, तामाङ, थामी, गुरुङ, मगर, दमाई, कामी, भुजेल र भोटे जस्ता जातजातिले मनाउने गर्छन । यहाँ सबै जातजाति र धार्मिक सहिष्णुताको एक नमुना क्षेत्र हो ।

ऐतिहासिक तथा पौराणिक मान्यताहरु

सन्दकपुर परापूर्वककालमा सन्त तथा महर्षिहरुले बडो कष्टपूर्ण जप तप गर्ने स्थल भएको जनविश्वास छ । हिन्दु मात्र नभएर किराँत तथा बौद्ध धर्मावलम्बीहरु पनि सो क्षेत्रलाई तपोभूमिको रुपमा स्विकार्दै आएका छन् ।

जैविक विविधता

सन्दकपुर प्राकृतिक सौन्दर्यले भरिपूर्ण इमालको एक बिशेष पर्यटकीय क्षेत्र हो । यहाँ बिश्व रामसार सूचीमा सूचीकृत माइपोखरी रामसार क्षेत्र, सन्दकपुर, छिन्तापु, टप्पु, माबुथाम, हागेथाम, जौबारी र टोड्के झरना, जमुनाको ढाप पोखरी, कालपोखरी, सुकेपोखरी, लामपोखरी ,हासपोखरी लगायतका अत्यन्त्यै रमणीय मनमोहन क्षेत्र रहेका छन् । चौरी र रेडपाण्डा तथा विभिन्न लोपउन्मुख चराहरु र ठकठके संरक्षण यस क्षेत्रको थप आकर्षक हो । सन्दकपुर यात्राको क्रममा लाली गुराँसका फुल, दुर्लभ जन्तु रातो हाब्रे लगायतका बिभिन्न प्रजातिका बनस्पतिको अवलोकन गर्न सकिन्छ । यहाँ २८ प्रकारका लालिगुरास, विभिन्न जडिबुटी, विश्वको दुर्गम रेडपाण्डा पाईन्छ ।

पर्यटकिय सम्भावना

इलाम जिल्लाको उत्तरी क्षेत्रमा अवस्थित सन्दकपुर गाउँपालिका पर्यटन बिकासको सम्भावना रहेको स्थानीय तह हो । पूर्वी नेपालको पर्यटन प्रर्वद्धनका लागि गतिलो सम्भावना बोकेको ईलाम जिल्लाको पर्यटकिय स्थल सन्दकपुरलाई लिन्न सकिन्छ । भारतबाट विश्वको सर्वाेच्च शिखर सगरमाथा देखिने एउटै मात्र स्थल सन्दकपुर भएकाले पनि भारतभरका पर्यटक यहाँ आउन रुचाउँछन् । भारतको जुनसुकै स्थानमा घुम्न आएका तेस्रो मुलुकका पर्यटक पनि सन्दकपुरको महत्व बुझेपछि यहाँ आउने चाहने गरेका छन् ।

पर्यटकका लागि यातायात, बसोबास, खानपान र सुरक्षाको राम्रो व्यवस्था गर्नसके सन्दकपुरले इलामको पर्यटन विकासमा टेवा मात्रै दिँदैन, सन्दकपुरकै नामले देशले विश्वमा बेग्लै पहिचान कायम गर्न सक्छ । यहाँ बसन्त र शरद ऋतुमा नेपाल भारत, भुटान, पाकिस्तान, अमेरिका, युरोप लगायतका हजारौं पर्यटन आउने गरेका छन् । अझ सन्दकपुरको पर्यटनको मात्र राम्रो प्रचार-प्रसार र बिकास गर्न सके सम्पूर्ण नेपालको विकासमा कोसेढुङ्गा साबित हुनेछ ।

कसरी पुग्ने ?

इलाम सदरमुकामबाट माईपोखरी, माईमझुवा हुँदै करीब ३० किलोमिटर सडक पार गरेपछि सन्दकपुर पुगिन्छ । त्यस्तै फिक्कल बजारबाट पनि नयाँबजार हुँदै ४५ कि.मि.को दुरीमा सन्दकपुर पुग्न सकिन्छ ।

घुमघाम गरौ आन्तरिक पर्यटन प्रवर्द्धन गरौ ! नेपाल भ्रमण बर्ष २०२० सफल पारौ !

यो पनि पढ्नुहोस्

घुम्न जानैपर्ने काभ्रेको सुन्दर ठाउँ तिमाल (फोटो फिचर)

घुम्न जाने होइन सुन्दर ठाउँ बल्थली (फोटो फिचर)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !