८ मंसिर २०८१, शनिबार

नेपालको सातौँ धाम श्री शैल्य शिखर मालिकार्जुन मन्दिर

दार्चुलाको प्रमुख धार्मिक पर्यटकीय तीर्थस्थल मालिकार्जुन धाम


मालिकार्जुन मन्दिर

पृष्ठभूमि : श्री शैल्य मालिकार्जुन देवता भारतको कत्यूर भन्ने ठाउँबाट मालिकार्जुनको शैल्य शिखरमा आएका हुन् भन्ने किंवदन्ती रहेको पाइन्छ । मालिकार्जुन नजिक लटिनाथ, कैलपाल र बालिचन देवताको मन्दिर पनि छ। लटिनाथ मालिकार्जुनका सुपुत्र हुन् भने कैलपाल लटिनाथ देवताका भाई अर्थात उनका मामाका छोरा हुन् भन्ने यहाँका बुढापाखाहरू बताउछन् ।

परिचय

शैल्य शिखर मालिकार्जुन मन्दिर नेपालको दार्चुला जिल्ला लेकम क्षेत्रको मालिकार्जुन गाउँपालिका र शैल्यशिखर नगरपालिकामा अवस्थित छ । यस मन्दिरलाई नेपाल सरकारले २०६५ सालमा देशकै सातौं धाम घोषणा गरेको छ । राष्ट्रको सातौ धाम तथा जिल्लाकै प्रमुख धार्मीक पर्यटकीय स्थलका रुपमा चिनिदै आएको यस मालिकार्जुन मन्दिरमा विशेष गरी प्रत्येक वर्ष कार्तिक वा मंसीर महिनामा जात्रा र भदौ महिनाको गौरा पर्व लाग्ने गर्दछ ।

यो पनि पढ्नुहोस् : बैतडीको पाटनमा रहेको ऐतिहासिक धार्मिक स्थल सिद्धनाथ उदयदेव मन्दिर

यस मालिकार्जुन मन्दिरबाट ५००० मिटरको उचाईमा श्री शैल्य शिखरधाम छ । यस शैल्य शिखरधाममा विशेष गरी असार शुक्ल चर्तुदशी र कार्तिक शुक्ल त्रियोदशीका दिन जात्रा लाग्ने गर्दछ । श्री शैल्य शिखर धामको दर्शन गर्न महिलाको हकमा विबाहित र पुरुषको हकमा ब्रतबन्ध गरेकाले मात्रै जान सक्छन् ।

इतिहास

भारतमा भएको धार्मीक दंगाका बखत १६ औं शताब्दीतिर नेपाल विभिन्न राज्य उपराज्यहरूमा विभाजन थियो । कणर्ाली प्रदेश अन्तर्गत डोटी राज्यमा मल्ल वंशका राजाहरू शासन गर्दथे । भारतमा भइरहेको धार्मीक हिंसाका वेला भारतका विभिन्न ठाउँबाट धर्म रक्षाका निम्ती त्यँहाका हिन्दुहरू एक ठाउँवाट अर्को ठाउँमा स्थानान्तरण हुंदै गए । हुँदा हुदै भारतका विभिन्न ठाउँबाट भारतीय हिन्दुहरू आफ्नो इष्टकुलसहित नेपाल प्रवेस गरेको तथ्य इतिहासबाट पुष्टि हुन्छ ।

यो पनि पढ्नुहोस् : सुदूरपश्चिम प्रदेशकै ठूलो तथा प्रसिद्ध शक्तिपीठ उग्रतारा भगवती मन्दिर

धर्म रक्षा र जीवन रक्षाका क्रममा श्री शैल्य मालिकार्जुन शिवलिंग र शालीग्रामका साथ भारतका विभिन्न ठाउँ हुंदै अभयराज पाण्डेय, निमनाथ योगी, भिमराज भट्ट, धाराधिरा पहलवान र सुरदास औजी दार्चुलाको रिठाचौपाता आई रिठा भन्नेठाउँमा वास बसेको श्रुति छ । त्यही शिवलिंग स्थापित गरी अभयराज पाण्डेयले मालिकार्जुनको पुजन गरेको मानिन्छ । त्यति बेला डोटी राज्य विस्तारणको क्रममा भारतका गढवाल, देहरादून आदि ठाउँ पुगेका इतिहास छ । डोटीका राजा नागी मल्लको पालामा विभिन्न ठाउँमा रहेका शक्ति केन्द्र र शक्ति पीठहरूमा मन्दिर, धर्मशाला र शिलालेख बनाइएको पनि देखिन्छ ।

धार्मिक तथा सांस्कृतिक महत्व

भगवान शिवलाई देवाधिदेव महादेवका रुपमा लिइने भएकोले मालिकार्जुनको बाँस स्थानलाई देवताहरुको राजधानीको रुपमा लिने गरिएको छ । शिवलिगंको रुपमा परिचित शिखर धाममा मालिकार्जुन तथा भागाश्री अर्थात शिव-पार्वतीको मुख्य बासस्थान रहेको जनविश्वास छ ।

यो पनि पढ्नुहोस् : कंचनपुरको बन्दा ताल कोटीहोम धार्मिक पर्यटकीय क्षेत्र

हिन्दु धर्माबलम्बीको आस्थाको धरोहर मानिने शैल्य शिखर धामको दर्शन गर्न विवाहित महिला तथा व्रतबन्ध गरेका युवकले १५ दिन अघि नै चोखोनिधो भएर जाने प्रचलन छ । शिखर धामको दर्शन गर्नाले सम्पूर्ण पाप नष्ट भई पूण्य प्राप्ति हुने, मनोकामना पूरा हुने र सन्तान सुख प्राप्त हुने जनविश्वास रहेको छ ।

ऐतिहासिक तथा पौराणिक मान्यताहरु

यहाँ हुने जात्रा परापूर्व कालदेखि मनाइँदै आएको पर्व हो । मानव सभ्यताको विकास भएसँगै यात्राको सुरुवात भएको धार्मिक विश्वास छ । जात्रालाई धार्मिक पुजनसँगै आफन्तबीच भेटघाटको चौतारीको रूपमा पनि लिइन्छ ।

शैल्य मालिकार्जुन हिमालय एवं पर्वतीय रमणिय स्थलहरू खोजी गर्दै हिड्ने क्रममा दुँहुको हुतिमा समेत बास बसेको कथन छ । श्री मालिकार्जुन ज्योर्ति्लिंग स्थायी वासस्थान खोज्दै जाने क्रममा मालिकार्जुनको श्री शैल्य शिखर पर्वतमा आई बस्नु भएको हो भन्ने कुरा मालिकार्जुनको झोडो स्तुतीगानमा उल्लेख भएको पाइन्छ ।

यो पनि पढ्नुहोस् : दक्षिण एशियाको दोस्रो लामो झोलुंगे पुल भएको चाँदनी-दोधारा क्षेत्र

हामीसंग भक्तिभाव र सर्मपण छैन, त्याग, तप र साधना छैन् । महाराज मालिकार्जुन विराजमान हुनुभएको शिखर पर्वतमा पौराणिककालदेखी हरेक वर्ष आषाढ शुक्ल चतुर्दसी र कार्तिक शुक्ल त्रियोदसीका दिन विधि विधान बमोजिम पुजा अर्थात पुजन, दर्शन गरिन्छ । विशिष्ट खालको नीतिनियम र विधि पार गर्दै पुगिने यो श्री शैल्य शिखर पुजन र दर्शनले विघ्न वाधा हट्ने, मनमा शान्ति मिल्ने, दरिद्रता नास हुने, मानसम्मानका साथै मुक्ति प्राप्त हुने कुरामा शतप्रतिसत विश्वास गरिन्छ ।

आराध्यदेव श्री मालिकार्जुन देवता बासस्थानको खोजीमा रिठाबाट हिडेपछि उता अभयराज पाण्डेय रिठामै बसी मालिकार्जुनको ज्योर्ति्लिंग खोज्दै थिए । उनका अन्य साथिहरू प्रभुको ज्योर्ति्लिगंको खोजीमा क्रममा विभिन्न ठाउँहरूमा घुम्दै गए तर, कहि कतै पनि उनीहरूले आफ्ना इष्टदेव मालिकार्जुनको ज्योर्ति्लिगं नभेट्टाएपछि भक्ति र शोकमा व्याकुल भए । यसरी इष्टदेव मालिकार्जुनको भक्ति भावमा विलीन भएका अभयराज पाण्डेयलाई महाराज मालिकार्जुनले राती सपनामा दर्शन दिई आफु मालिकार्जुनको शैल्य शिखरमा डेरा जमाई बसेको बताए ।

सपनामा अभयराज पाण्डेयलाई प्रभुले भन्नु भएछ, ‘तिमी चिन्ता नगर त्यहाँ डिडेकोटमा बस्ने डिङे राजाले दैनिक पशुबली गरेर वातावरण र मलाई समेत दुषित बनाउने काम गर्न थाल्यो, उसको कोट उचाईमा छ र रिठामा बस्दा म चाहि गहिराइमा परे । त्यसो भएको हुनाले मैले स्थायी रुपमा बास बस्ने योगय र उचित ठाउँ शिखर पर्वत भेट्टाएको छु, तिमी भक्त एक्लै यहाँ पुग्न सक्दैनौ, म तिम्रो घरमा बाघ पठाउने छु र त्यो बाघको दायाँ खुट्टामा निङालाको छुरा हुनेछ, तिमी नडराउनु र त्यो सुरा बाघको खुट्टाबाट निकाल्नु अनि त्यसपछि बाघ आफ्नो बाटो लाग्ने छ र तिमी पनि बाघकै पछि-पछि आउदै गर्ने बाघले तिमीलाई म कहाँ पुर्याउने छ ।’ त्यसपछि अभयराज पाण्डेको निन्द्रा खुल्छ, र ब्युझी हेर्दा बाहिर उज्यालो भएको हुन्छ, सपनीमा भने जस्तै उसको अगाडि प्रभुले भने जस्तै खुट्टामा निङालाको सुरा भएको बाघ देखिन्छ ।

बाघलाई देखेपछि अभयराजले बाघको खुट्टाको निङालाको सुरा निकाली दिनुभयो । अनि बाघ सरासर आफ्नो बाटोतर्फ लाग्छ र अभयराज पाण्डेय पनि बाघकै पछि-पछि लाग्छन् । बाघले उनलाई शिखर पर्वतको शिलामा पुर्याउछ । त्यहाँ पुग्दा अभयराजले साच्चीकै शिवलिंग पाउछन् । अभयराजले खुसीको आँसु झार्दै महाराजप्रति भक्ति भाव प्रकट गर्छन र त्यतिनै बेला अभयराजले वाणि सुन्छ । महाराज मालिकार्जुनले अभयराजलाई भन्नुभयो, हे भक्तराज मेरो स्थायी वसोवास अबदेखि यहि नै हुन्छ, अबदेखि तिमी यही आएर मेरो पुजन र दर्शन गर्न सक्छौ ।’ अरु भक्तहरुलाई पनि यही आउन भनि दिनु भन्दै आकाशवाणी बन्द हुन्छ ।

यो पनि पढ्नुहोस् : महाभारत काल भन्दा पनि पहिलेदेखि पवित्र तीर्थस्थल रहेको कैलालीको घोडाघोडी ताल

यसरी शिखरबाट घर फर्केका अभयराजले श्री शैल्य मालिकार्जुनको ज्योर्ति्लिंग खोज्दै हिडेका अन्य भक्तहरु भिमराज भट्ट, निमनाथयोगी, सुरदास औजी र धिराधारालाई खवर गर्न गाउँ(गाउँ मान्छे पठाउँछन् र शिवलिंग शिखर पर्वतमा विराजमान भएको र त्यहि पुजाँपाठ गर्नुपर्ने सन्देस दिन्छन् । साच्चिकै शिखर पर्वतमा रहेको शिला भित्रको अदृष्य गुफामा यस्तो महान एंव अद्वैत शक्ति छ जसको बयान गर्न हामीसंग प्रयाप्त शब्दहरू नै छैनन् ।

पर्यटकीय महत्व

शैल्यशिखरको फेदीमा अवस्थित मालिकार्जुन मन्दिर धार्मिक पर्यटकको गन्तव्यको रुपमा परिणत हुँदै गएको छ । सोचेको र चिताएको काम हुने भएको कारण मालिकार्जुन धार्मिक पर्यटकको लागि गन्तव्य बन्दै गएको छ ।

पर्यटकीय सम्भावना

मालिकार्जुनलाई धार्मिक पर्यटन गनतब्य स्थलका रुपमा विकास गर्न तथा यहाँ रहेका प्राचीन धार्मिक महत्व बोकेका ऐतिहासिक धरोहरहरूको अनुसन्धान, अन्वेषण तथा संरक्षणका लागि मालिकार्जुन पर्यटन पूर्वाधार विकास समिति क्रियासिल रहँदै आएकोले आसा गर्न सकिन्छ ।

यो पनि पढ्नुहोस्

सन्तान नभएका दम्पती पुत्रलाभको कामना गर्दै जाने डोटीको बडिकेदार

डोटीमा अवस्थित साक्षत देवी शैलेश्वरी माताको मन्दिर


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !