दक्षिण एशियाको दोस्रो लामो झोलुंगे पुल भएको चाँदनी-दोधारा क्षेत्र Nepalpatra दक्षिण एशियाको दोस्रो लामो झोलुंगे पुल भएको चाँदनी-दोधारा क्षेत्र
१५ फाल्गुन २०७७, शनिबार

दक्षिण एशियाको दोस्रो लामो झोलुंगे पुल भएको चाँदनी-दोधारा क्षेत्र

कञ्चनपुरको मुख्य पर्यटकीय गन्तव्य चाँदनी-दोधारा


चाँदनी-दोधारा झोलुंगे पुल

पृष्ठभूमि : नेपाल सरकार मन्त्रिपरिषदको २०७१/०८/१६ गतेको निर्णयानुसार देशभरी घोषणा गरिएका ६१ नगरपालिकामध्ये सुदुरपश्चिम नेपालको महाकाली पारिका दोधारा र चाँदनी गाबिसलाई समाहित गरि दोधारा-चाँदनी नगरपालिकाको घोषणा गरिएको हो ।

बिशिष्ट भौगोलिक परिबेसमा रहेको यो नगरपालिकालाई पुर्वमा महाकाली नदी र पश्चिममा जोगबुडा नदीले घेरेको छ । टापुको रुपमा रहेको यो नगरपालिका ५६.८ वर्ग कि.मि. क्षेत्रफलमा फैलिएको छ । जातिय, भषिक, साँस्कृतिक तथा धार्मिक बिबिधता रहेको यस नगरपालिकाको जनसंख्या ५४,५७९ रहेको छ ।

परिचय

२०६१ सालमा १ हजार ४ सय ५२ मिटर महाकाली नदीमा लामो झोलुङ्गे पुल निमार्ण भएको छ । यहाँ धेरै नेपालीहरुको मनमा कहिले महाकाली नदीमा पक्की पुल बन्ला भन्ने सपना छ् । कञ्चनपुर जिल्लाको दोधारा चाँदनी नगरपालिका नेपाली भूमि भएर पनि सीमा पारीका जस्ता बन्न पुगेका छन् ।

यो पनि पढ्नुहोस् : महाभारत काल भन्दा पनि पहिलेदेखि पवित्र तीर्थस्थल रहेको कैलालीको घोडाघोडी ताल

यहाँका बासिन्दाले नेपाली भएर पनि अन्य नेपाली नागरिक सरह राज्यको सेवा सुविधा उपभोग गर्न पाएका छैनन् । दोधारा चाँदनीमा करिब ६० हजार जनसंख्या रहेको यस क्षेत्रलाई राष्ट्रिय विकासको मूलधारमा समावेश गर्न राज्यले पर्याप्त ध्यान नदिएको स्थानीयवासी ठान्छन् ।

दक्षिण एशियाको दोस्रो लामो झोलुंगे पुल भएको चाँदनी-दोधाराका सिमा समस्या तथा बाढी समस्या तत्कालै सरकारले हल गरेर सिमा क्षेत्रमा बसोबास गर्ने बासिन्दालाई नेपालीपनको महशुस गराउनु आवश्यक रहेको छ । नदी पारी उत्पादित नगदेबालीको रुपमा बनकरेला, बनतरुल, परवलबालीलाई समेत सरकारले उचित बजार ब्यवस्थापन गरेर यहाँको गरिब कृषकको जिवन स्तरमा आमुल परिवर्तन गर्न सकिने कुरामा दुईमत छैन् ।

वि.सं २०६० को दशकसम्म महाकाली नदीमा एउटा पुलसम्म नहुँदा महाकाली नगरपालिकावासी (दोधारा–चाँदनी) ले भोग्नुपरेको पीडा शब्दमा वर्णन गर्न कठिन छ । झण्डै पाँच दशकअघि बसेको दोधारा–चाँदनीको बस्ती अहिले आइपुग्दा विकासका दृष्टिले कुनै अन्य क्षेत्रको तुलनामा पछि छैन । वि.सं २०६१ सम्म जिल्लाको सदरमुकाम महेन्द्रनगरसँग जोडिन नसकेको दोधारा–चाँदनीका लागि महाकाली नदीमा बनेको झोलुङ्गे पुल एउटा दरिलो माध्यम बन्न पुग्यो ।

महत्व

महाकाली नदीमा झोलुंगे पुल बनेपछि शेष नेपालसँग झिनो तरिकाले जोडिएको दोधारा–चाँदनी क्षेत्र अहिले पनि मूलप्रवाहभन्दा टाढा छ । स्वाभाविक विकासबाहेक त्यहाँ राज्यले विशेष ध्यान दिन सकेको छैन । महाकालीमा निर्माणाधिन चार लेनको पुल र सुख्खा बन्दरगाहको सपना वास्तवमा दोधारा–चाँदनीवासीको भारतसँग नेपाललाई जोड्ने विकल्परहित योजना भएकैले सुख्खा बन्दरगाहको कुरा उठाइएको हो ।

यो पनि पढ्नुहोस् : सन्तान नभएका दम्पती पुत्रलाभको कामना गर्दै जाने डोटीको बडिकेदार

दोधारा-चाँदनीको माया गरेर विकासका नयाँ योजना हिजो पनि आएनन् र आज पनि आएका छैनन् । दोधारा–चाँदनीको माटो अत्यन्त उर्बर छ तर भूमिगत पानीकै भरमा किसानले खेतीपाती गर्नुपरेको छ ।

इतिहास

दोधारा चाँदनीको नाम सुन्ने बित्तिकै जो कोही महाकालीपारिका २ गाविस भनेर सम्झन्छन् । तर दोधारा चाँदनी महाकालीवारिकै भूभाग हुन् । सन् १८६० को सन्धिको तफा ३ अनुसार देधारा चाँदनी महाकाली पूर्व छन् । सन् १८६३, सन् १८६४ र सन् १८९३मा ब्रिटिस इन्डियाद्वारा प्रकाशित नक्साहरुमा दोधारा चाँदनीलाई महाकाली पूर्व देखाएको छ ।

यो पनि पढ्नुहोस् : डोटीमा अवस्थित साक्षत देवी शैलेश्वरी माताको मन्दिर

दोधार चाँदनी महाकालीपारि देखिनुको कारण सन् १८१० को बाढी र शारदा बाँधको निर्माण हुनु हो । सन् १८१० को बाढीपछि महाकाली पश्चिम मुलधार छोडेर पूर्वी सहायक धार भएर नेपालतिर पस्यो । सन् १९२८ मा शारदा बाँधको निर्माण पछि ब्रिटिस इन्डियाले महाकालीको सबै पानी यूनाइटेट प्रोभिन्स (हाल उत्तरप्रदेश) मा डाईभर्ट गर्दा महाकालीको पश्चिमी मूलधार बगमरमा परिणत भयो । त्यतिबेला दोधारा चाँदनीपारि महाकाली बग्थ्यो भन्ने एकादेशको कथा बनेको छ । हाल महाकाली पूर्वी सहायक भङ्गालो भएर बगेको छ ।

प्राकृतिक सौन्दर्य

महाकाली नदीमाथि रहेको एसियाकै दोस्रो लामो दोधारा-चाँदनी जोड्ने झोलुङ्गे पुल कञ्चनपुरको एउटा मुख्य पर्यटकीय स्थल हो । पुलको अवलोकनका लागि वर्षेनी हजारौँको संख्यामा आन्तरिक तथा बाह्य पर्यटकहरु आउने गर्दछन् । यो जिल्ला भरिमै आकर्षणको केन्द्रमा रहदै आएको छ । पर्यटकको आगमन दिनप्रति दिन बढ्दो छ । यसले कञ्चनपुर जिल्लाकै महिमा बढाएको छ ।

यो पनि पढ्नुहोस् : धर्तीमा स्वर्गको टुक्रा अछामको रामारोशन

महाकाली नदिको सौन्दर्य र पुलको आकर्षणले पर्यटकलाई एक पटक अवलोकनका लागि जान बाध्य नै बनाउँछ । कोही पर्यटकहरु पुलको अवलोकन गर्दै फोटोहरू लिदै रमाई रहेका देख्न सकिन्छ भने कोही पर्यटकहरु नदी किनारामा पौडी खेल्दै आनन्द लिईहेका हुन्छन् । महाकाली नदी पारिको महाकाली नगरपालिकाका बासिन्दाको आवागमन सहजताका लागि निर्माण गरिएको झोलुङ्गे पुल पछिल्ला वर्षमा पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको हो ।

समस्याहरु

कञ्चनपुरको प्रमुख पर्यटकीय क्षेत्रका रूपमा रहेको दक्षिण एसियाकै दोस्रो लामो चाँदनी–दोधारा जोड्ने झोलुंगे पुल जोखिममा परेको छ । पुलको उचित मर्मत सम्भार नहुँदा पुल प्रतिदिन जीर्ण बन्दै गएको छ । पुलमा आवतजावत गर्न पनि निकै कठिन हुने गरेको छ । पुलमा लगाइएका नट वोल्टहरु खिया लागेर जीर्ण भएका छन भने कति त चोरी भएका छन् । दायाँ, बायाँ लगाइएका जालीहरु च्यातिएको तथा चर्किएको अवस्था छ ।

यो पनि पढ्नुहोस् 

सुर्मादेवीको क्रिडास्थल बझाङको ताल सुर्मा सरोवर

मौसमपिच्छे रंग बदल्ने सल्यानको अद्भूत दह कुपिण्डे


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !