१२ बैशाख २०८१, बुधबार

कंचनपुरको बन्दा ताल कोटीहोम धार्मिक पर्यटकीय क्षेत्र

सुदूरपश्चिमकै उत्कृष्ट पर्यटकीय पर्यटकीय गन्तव्य बन्दा ताल


बन्दा ताल

पृष्ठभूमि : ताललाई उत्तरतर्फबाट जङ्गल र अन्यत्रबाट बस्तीले घेरेको छ । गोलो घेरामा बन्द आकृतिमा रहेकाले यसको नाम बन्दाताल रहन गएको हो भन्ने मान्यता रहेको छ । नेपाल सरकारले पर्यटकीय स्थलको प्रवर्धनका लागि ओझेलमा परेका १०० वटा नयाँ पर्यटकीय गन्तव्यमा बन्दा ताल कोटीहोम पर्यटकीय क्षेत्रलाई पनि राखेको छ ।

परिचय

कंचनपुर जिल्लाको बेलौरी नगरपालिका-४ स्थित बन्दाताल कोटिहोम पर्यटकीय क्षेत्र रहेको छ । बन्दा ताल कञ्चनपुर जिल्लाकै सबैभन्दा ठूलो तालको रूपमा चिनिन्छ । बन्दाताल २७ बिघा क्षेत्रफलमा फैलिएको छ । अहिले यस तालमा माछापालन सुरू गरिएको छ । नगरपालिकाले ताल आसपासको क्षेत्रलाई अधिग्रहण गरी पर्यटकीय स्थलका रुपमा विकास गर्ने योजना बनाएको छ ।

यो पनि पढ्नुहोस् : दक्षिण एशियाको दोस्रो लामो झोलुंगे पुल भएको चाँदनी-दोधारा क्षेत्र

ताल जोगाउनका लागि उत्तरी क्षेत्रमा ग्रिन बेल्ट बनाउने प्रयास गरिएको र माटो रोकथाम गर्न ७०० मिटर माटोको छेकबार निर्माण गरिएको छ । ताल पुरिने क्रम भने रोकिएको छैन । वर्षातमा बगेर आउने माटो रोक्नका लागि भरपर्दो छेकबार निर्माण गरेमात्रै ताल जोगाउन सकिने देखिन्छ । वर्षातका बेला तालको पानी बस्तीमा पसेर डुबान हुने गरेको छ । बालुवाले खेतीयोग्य जग्गा परिँदै गएको छ ।

प्राकृतिक सौन्दर्य

तालको मनोरम दृश्य नियाल्न, विभिन्न प्रजातिका माछा र जलपक्षीको क्रीडा हेर्न आन्तरिक पर्यटकको यहाँ घुइँचो लाग्छ । एकैसाथ धेरै प्रजातिका जलपक्षीको अवलोकन गर्न सकिन्छ । तालको मनोरम दृश्य नियाल्न, विभिन्न प्रजातिका माछा र जलपक्षीको क्रीडा हेर्न आन्तरिक पर्यटकको यहाँ घुइँचो लाग्छ ।

यो पनि पढ्नुहोस् : महाभारत काल भन्दा पनि पहिलेदेखि पवित्र तीर्थस्थल रहेको कैलालीको घोडाघोडी ताल

पर्यटन प्रवर्धन

एकैसाथ धेरै प्रजातिका जलपंक्षीको अवलोकन गर्न सकिने बन्धाताल कोटिहोम क्षेत्र पर्यटकीय गन्तव्य बन्दै गएको छ ।

पर्यटकीय सम्भावना

बन्दा तालमा माछा पालन, बोटिङ, पिकनिक स्पर्ट तथा रिसोर्ट लगायतका संरचनाहरू तयार पारेर पर्यटकलाई थप आकर्षित गर्न सकिने देखिन्छ । एकैसाथ धेरै प्रजातिका जलपक्षीको अवलोकन गर्न सकिने बेलौरी नगरपालिका–४ स्थित बन्दाताल कोटिहोम क्षेत्र पर्यटकीय गन्तव्य बन्दै गएको छ।

यो पनि पढ्नुहोस् : सन्तान नभएका दम्पती पुत्रलाभको कामना गर्दै जाने डोटीको बडिकेदार

समस्याहरु

संरक्षणको अभावमा ५० बिघा क्षेत्रफलमा फैलिएको बन्दाताल पुरिएर २६ बिघामा सीमित भएको छ । एकैसाथ विभिन्न प्रजातिका जलपक्षी हेर्न सकिने ताल पुरिनबाट जोगाउनका लागि भरपर्दो व्यवस्था गरिनुपर्ने देखिन्छ । तालसम्म पुग्न कच्ची र धुलाम्मे सडक प्रयोग गर्नुपर्ने भएकाले आन्तरिक तथा बाह्य पर्यटकले सास्ती खेप्नु परेको छ ।

कसरी पुग्ने ?

सदरमुकाम महेन्द्रनगरबाट झण्डै ६० किलोमिटर दूरीमा बन्दाताल पर्छ । तालसम्म पुग्न कच्ची र धुलाम्मे सडक प्रयोग गर्नुपर्ने भएकाले आन्तरिक तथा बाह्य पर्यटकले सास्ती खेप्नु परेको छ।

यो पनि पढ्नुहोस्

डोटीमा अवस्थित साक्षत देवी शैलेश्वरी माताको मन्दिर

धर्तीमा स्वर्गको टुक्रा अछामको रामारोशन


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !