८ पुस २०८१, सोमबार

वाल्मीकि ऋषिले तपस्या गरेको नवलपुरको प्रसिद्ध धार्मिक स्थल दाउन्ने देवी मन्दिर


दाउन्ने देवी मन्दिर

पृष्ठभूमि : दाउन्ने पर्वत क्षेत्रलाई पौराणिक युगमा त्रिकुट पर्वत भनिने र त्यस स्थानमा वाल्मीकि लगायतका ऋषिमुनिले तपस्या गर्ने गर्दथे भन्ने पनी जनविश्वास छ ।

परिचय

दाउन्ने देवी मन्दिर नवलपरासीको धार्मिक पर्यटक क्षेत्र मध्येको एक हो । यी देवीको मन्दिर महेन्द्र राजमार्ग रहेको दाउन्ने बजारदेखि १,०३३ मिटरमाथि दाउन्ने पहाडमा अवस्थित छ । नवलपुर जिल्लाको विनयी त्रिवेणी गाउपालिका र बर्दघाट नगरपालिकाको बीचमा रहेको भिमकाय पहाडको बिचमा रहेको मन्दिर साच्चिकै मनमोहक र प्राकृतिक छटामा रमाउन चाहनेहरुका लागि दाउन्ने देवी मन्दिर एक रमाइलो धार्मिक स्थल पनि हो ।

नवलपरासी जिल्लाको सदरमुकाम परासी सदरमुकामदेखि पूर्वोत्तर अवस्थित १,०२३ मी उचाईमा नवलपरासी जिल्लाको दुम्कीबास र बर्दघाटको बीचमा पहाड रहेको छ । यही पहाडी भागलाई दाउन्ने डाँडा भनिन्छ । दाउन्ने देवीको तीन तले मन्दिर यहि दाउन्ने पहाडको काखमा रहेको छ । फाल्गुणदेखि आश्विनको मसान्तसम्म यहाँ वनभोज खान जानेको घुइचो लाग्ने गर्दछ ।

इतिहास

यो ठाउँ बाइसे चौबिसे राज्य हुँदा पाल्पा राज्यमा पर्दथ्यो । तर वर्तमानको दाउन्ने देवीको मूर्ति भने राणा प्रधानमन्त्री जंगबहादुरले चढाएको विश्वास गरिन्छ । यो ठाउँ बाइसे चौबिसे राज्य हुँदा पाल्पा राज्यमा पर्दथ्यो । त्यतिबेला पाल्पाका राजा मणि मुकुन्द सेन थिए । पछि १८६६ मा एकीकरण भएपछि नेपाल अधिराज्यमा गाभिएको थियो । राजा मणीमकुन्द सेनका दुईवटा रानीमध्ये कान्छी रानी लामो समयसम्म बिरामी परिन् धेरै औषधि उपचारपछि पनि निको नहुँदा चिन्तित भएको बेला सपनामा देवीको स्थापना गरी पूजा गरेको देखेकाले यो मन्दिरको स्थापना गरेको मानिन्छ ।

दाउन्ने देवीको हालको मन्दिर २०५३ सालमा सुरू भई २०५५ सालमा निर्माण कार्य पूरा भयो । बेलाबेलामा अध्ययन, अनुसन्धान तथा उत्खनन् कार्य भएका छन् । २०३२ सालमा तीन वटा शिला भेटिएका थिए । स्थानीयबासीको भनाइ अनुसार २०५३ मा ऋषिराम शर्माको अध्यक्षतामा भएको उत्खननमा १ लेखिएका पैसाहरू भेटिएको थियो रे ।

धार्मिक तथा सांस्कृतिक महत्व

यहाँ नैनित्य पूजामा शनिवार, पञ्चमी, सप्तमी, अष्टमी र पूणिर्माका दिन बली दिइन्छ । चैते दसैं र बडा दसैँमा मेला लाग्ने गर्दछ । चैते दसैंमा धुमधाम मेला लाग्दछ । पूजा गरेर परेवा उडाउने चलन व्यापक छ । भाकल गर्ने र भाकल पूरा भएपछि पूजा गर्ने चलन छ । देवीले मनोरथ पूरा गर्ने जनविश्वास छ ।

दाउन्ने देवीको दर्शन गर्न बिभिन्न जिल्लाहरूबाट दर्शनार्थीहरू आउने गर्दछन् । दाउन्ने देवी मन्दिरमा देवीका साथै कैलाश बाबा धाम, बौद्ध गुम्बा, लक्ष्मी नारायण, बोधिसइभ्व चैत्य, चैतन्य गुम्बा, धर्मशाला, वृद्धाश्रम, छात्रावास, विद्यालय, विवाहमण्डप, ध्यानकुटी, भिक्षुणी आश्रम र अन्य जीर्ण मठमन्दिरहरू छन् ।

शिवरात्रि र साउने सोमबारहरूमा समेत यहाँका शिवालयमा भक्तहरूको घुइँचो लाग्ने गरेको पाईन्छ । यहाँका गुम्बामा बौद्ध धर्मका अनुयायीहरूको बाक्लै आवतजावत हुने गरेको छ। दाउन्ने देवीको दर्शन गर्न नवलपुर, नवलपरासी, रुपन्देही, चितवन लगायत बिभिन्न जिल्लाहरूबाट दर्शनार्थीहरू आउने गर्दछन् ।

ऐतिहासिक तथा पौराणिक मान्यताहरु

यो मन्दिर र देवीको प्रतिस्थापन वि.स. १८८० मा प्रभाकरले गरेको वताईन्छ । पछि राणाकालिन प्रधानमंत्री जंगबहादुरको सौजन्यवाट प्राप्त हालको मूर्ति त्यहां प्रतिस्थापन गरिएको मान्यता छ । यो मन्दिरमा सुरूबाट नै मन्दिरको पूजाआजा तथा रेखदेख केसी र रेग्मी खान्दानले गर्दै आएको र उनैको पुस्तेउली सन्तान हुँ भन्ने यज्ञप्रसाद रेग्मीका अनुसार पहिले वनदेवी भनी पूजा गरिन्थ्यो पछि गएर दाउन्ने देवीको नामले प्रख्यात भएको पाइन्छ । बाटो बनाउँदा दामन्ने डाँडा भन्दाभन्दै डाँडाको नाम दाउन्ने रहेको र पछि गएर दाउन्नेदेवीको नामले प्रख्यात् भएको भनिन्छ ।

प्राकृतिक सौन्दर्य

दाउन्ने देवी मन्दिर परिसरबाट नवलपरासी जिल्लाको विभिन्न भाग र वस्तीहरु देख्न सकिन्छ । भारतीय सीमामा रहेको ऐतिहासिक धार्मिक तीर्थस्थल त्रिवेणी भैसालोटन, नारायणी नदी किनारमा रहेको चितवन जिल्लाको भूगोलमा पर्नि राष्ट्रिय निकुञ्ज क्षेत्रको हरियाली जंगल, नवलपरासी जिल्लाको पूर्वी नवलपुरमा रहेको बस्तीहरु महाभारत पर्वत श्रृंखलामा रहेको देवचुली र बडचुलीको सुन्दर चुचुरो पनि दाउन्नेबाट देख्न सकिन्छ ।

पर्यटन प्रर्वद्धन

मन्दिरमा वर मागेर आफ्नो मन शान्त पार्नेहरु र हजारौ छन बर्सेनी यसको अलवा मन्दिरले सिर्जना गरेको आन्तरिक पर्यटनकै कारण मध्य दाउन्नेको ब्यापार पनि चम्किएको छ र धेरैको जिबिकोपार्जनमा पनि सघाउ पुगेको छ ।

पर्यटकिय सम्भावना

सुनौली नाकाबाट लुम्बिनी तिलौराकोट अवलोकन गरी काठमाडौं आउने पर्यटकलाई बर्दघाटमा कम्तिमा एक रात बास बसाली त्रिवेणीधाम घुमाउनुको साथै दाउन्नेको रमणीय दृश्यावलोकन पश्चात चितवन लैजाने र काठमाडौंबाट चितवन हुँदै लुम्बिनी जाने पर्यटकलाई दुम्किवास वा दाउन्नेमा बास बसाली दाउन्ने र त्रिवेणीको पछि मात्र लुम्बिनीको यात्रा गराएमा पर्यटन विकासमा गतिलो टेवा पुग्ने प्रष्ट छ ।

कसरी पुग्ने ?

महेन्द्र राजमार्गबाट ३० कि.मी. जति पूर्वी उकालो लागेपछि नवलपुर जिल्लाको विनयी त्रिवेणी गाउपालिका र बर्दघाट नगरपालिकाको बीचमा रहेको दाउन्नेमा अवस्थित भिमकाय पहाडको वीचमा दाउन्ने देवीको ३ तले मन्दिर छ ।

दाउन्ने देवी मन्दिर महेन्द्र राजमार्ग रहेको दाउन्ने बजारदेखि लगभग १ किलोमिटरमाथि दाउन्ने पहाडमा अवस्थित छ । अथवा नवलपरासी जिल्लाको सदरमुकाम परासी सदरमुकामदेखि पूर्वोत्तर अवस्थित १,०२३ मी उचाईमा नवलपरासी जिल्लाको दुम्कीबास र बर्दघाटको बीचमा पहाड रहेको छ ।

यो पनि पढ्नुहोस्
सत्ययुगमा सतीदेवीको गलापतन भएको म्याग्दीको धार्मिक तीर्थस्थल गलेश्वर मन्दिर
धार्मिक तथा ऐतिहासिक पर्यटकीय स्थल बागलुङ कालिका भगवती मन्दिर
पर्वतमा अवस्थित विश्वकै ठूलो दाबी गरिएको बिशाल ढुंगा महाशिला
मुस्ताङको ऐतिहासिक पर्यटकीय गन्तव्य लोमान्थाङ दरबार र गुफा क्षेत्र
मनै लोभ्याउने मनाङको पर्यटकीय गन्तव्य थोरङला पास


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !