६ बैशाख २०८१, बिहिबार

मनै लोभ्याउने मनाङको पर्यटकीय गन्तव्य थोरङला पास


थोरङला पास

पृष्ठभूमि : विश्वप्रसिद्ध अन्नपूर्ण पदमार्गको थोरङला पास पुग्दाको अनुभव रोमाञ्चक हुने गर्छ । समुद्री सतहबाट ५४१६ मिटर उचाइमा रहेको थोरङला पास पार गर्न विश्वभरबाट बर्षेनी हजारौं पर्यटकहरु नेपाल आउँछन् ।

परिचय

देशी विदेशी सबैको रोजाइमा परेको मनाङ जिल्लाको मनाङ ङिस्याङ गाउँपालिकामा पर्ने थोरङला पास ५४१६ मिटर उचाइ रहेको छ । पदयात्राका सौखिनका लागि जीवनको प्रतिष्ठा समेत बन्ने गरेको ५४१६ मिटरको थोराङ भञ्ज्याङलाई पार गर्दा आन्तरिक तथा बाह्य पर्यटक आफूलाई भाग्यमानी ठान्छन् । अन्नपूर्ण पदमार्ग विश्वका १० उत्कृष्ट गन्तव्यमध्ये एक मानिन्छ ।

पर्यटकीय महत्व

थोराङ्ला चढ्न पर्यटक विशेष रुची राख्छन् । यहाँ पुगेपछि पर्यटक प्रकृति देखेर खुसीका आँसु झार्छन् । भञ्ज्याङ चढ्न सफल भएकोमा साथीभाइसँग खुसी साटासाट गर्छन् । हिउँ पग्लिएर बनेको पहाड हेरेर पर्यटक लोभिन्छन् । हिमाल हेरेपछि दंग पर्छन् । वातावरण, रहनसहन, हिमाली हावाको सुगन्ध र एकान्तले उनीहरु प्रकृतिमा हराउँछन् । कोही थोराङ चढ्छन् । पर्यटकहरु जीवन र प्रकृतिलाई बुझ्छन् र फर्कन्छन् ।

प्राकृतिक सौन्दर्य

थोरङला पास पुग्ने जो कोहिले पनि वरिपरि सेताम्ये हिमाल हेर्दा धर्तीको स्वर्ग झैँ महसुस गर्न सक्छन् । थोरङला पासबाट पूरै ३६० डिग्रीको हिमाल देख्न सकिन्छ । भौगोलिक कठिनाई भएतापनि प्राकृतिक मनोरमले यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकको मन प्रफुल्ल बनाउँछ । पदमार्गलाई मोटर बाटोले छोटो बनाएको भएपनि पर्यटक भने पहिलेको तुलनामा बढेका छन् । पर्यटकलाई सहज र सुविधाजनक यात्रा गर्न र गराउन अशक्तका लागि घोडाको व्यवस्था समेत गरिएको छ ।

जैविक विविधता

थोराङ्ला फेदमा ब्लु शीप (जंगली भेडा) हेर्न पाइन्छ । नार र फूमा कस्तुरी र नाउर भेटिन्छन् । जडीबुटी, फूल र जैविक विविधतामा पनि मनाङ धनी छ । धेरैले प्रकृति, जनजीवन र रहनसहनलाई शोध र अनुसन्धानको विषय बनाएका छन् ।

आकर्षणहरू

थोरङला यात्राको शुरुवात टंकी मनाङ, याकखर्क,लेदर, थोरङ फेदी र हाईक्यम्प यस क्षेत्रमा पर्ने महत्वपूर्ण ठाउँ हुन् ।

समस्याहरु

हाल पर्यटकलाई सहज होस भनी निर्माण गरिएका होटलहरूले पर्यटकलाई थेग्न सकेको छैन। पर्यटकको चापलाई ध्यानमा राखेर होटलको संख्या थप्नुपर्ने देखिएको छ । आन्तरिक पर्यटकहरु जति तिलिचो तालमा पुग्छन्, त्यति थोरङला पास गएको पाइँदैन । प्रचार–प्रसारको अभाव यसको मुख्य कारण भएको स्थानीय बताउँछन् ।

कसरी पुग्ने ?

लमजुङ सदरमुकाम बेँसीसहर अन्नपूर्ण पदयात्रा मार्गको प्रवेशद्वारको रुपमा चिनिन्छ । बेँसीसहरबाट खुदी, भूलभूले, ङादी, स्याँगे, जगत तथा मनाङ जिल्लाको ताल, बगरछाप, चामे हुँदै थोराङ पास पुग्न सकिन्छ ।

बेसीसहरबाट करिब २० दिनको पैदल यात्रमा पार हुने यस थोरङला पास अहिले ९ दिनमा नै पार गर्न सकिन्छ । पर्यटक मनाङ जिल्लाको ताल धारापानी चामे हुँदै माथि मनाङ पिसाङ, घ्यारु, ङाओल, भ्राका र मनाङगाउँ पुगेर दुई ३ दिनको रेस्टपछि थोरङलातिर लाग्ने गर्छन् ।

यो पनि पढ्नुहोस्
कास्कीको सुन्दर पर्यटकीय गन्तब्य मौजा होमस्टे
कास्कीको हजारौ वर्ष पुरानो सुन्दर पर्यटकीय गाउँ सिक्लेश
प्याराग्याइडिङको लागि नेपालकै उत्कृष्ट स्याङ्जाको पर्यटकीय स्थल स्वेरक मैदान


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !