१४ बैशाख २०८१, शुक्रबार

एसियाकै सबैभन्दा ठुलो तनहुँको प्रसिद्ध पर्यटकीय गन्तब्य सिद्ध गुफा


सिद्ध गुफा

पृष्ठभूमि : नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलले पहिचान गरेका १०० वटा नयाँ पर्यटकीय गन्तब्यहरुमा तनहुँ जिल्लाको सिद्धगुफालाई छनोट गरेको छ । सन् २०२० लाई नेपाल भ्रमण वर्षका रूपमा मनाउने गरी २० लाख विदेशी पर्यटक नेपाल भित्र्याउने लक्ष्यको जिम्मा सिद्ध गुफालाई पनि दिइएको छ ।

परिचय

सिद्ध गुफा तनहुँ जिल्लाको बन्दिपुर नगरपालिकामा अबस्थित छ । यो नेपालको मात्र नभई एसियाकै सबैभन्दा ठुलो गुफा मानिन्छ । पृथ्वी राजमार्गको तनहुँको डुम्रेबाट २ किलोमिटर पूर्व विमलनगरमा अवस्थित सिद्ध गुफा समुन्द्री सतहबाट ६०० मिटरमाथि विमलनगरको ठीक दक्षिण भागमा पर्छ । सिद्ध गुफालाई बन्दीपुरकै गहनाको रुपमा मानिन्छ । प्रवेश द्वारको मुख सानो भएको कारण सुतेर भित्र पस्नुपर्छ ।

करिब ३० मिटरभित्र पसेपछि पहिलो तल्लामा लगभग २०० जना अटाउने ठाउँ रहेको छ । त्यसपछि दोस्रोमा ६० र तेस्रो तल्लामा ५० जना जति अट्ने ठाउँ रहेको छ । प्रत्येक तल्लामा सुतेर प्रवेश गर्नुपर्ने यस मनोरम गुफाको चौथो तल्लाको ढोका भने चुनको रसायनले बन्द भएको छ । उक्त तल्लामा तत्कालीन राजा सुरेन्द्रको पालाका सिक्का र पैसा चढाउने तामाको भाडा पनि रहेको छ ।

लगभग ८०० मिटर लम्बाइ रहेको यो गुफामा लाखौंको सङ्ख्यामा चमेरा रहेका छन् । ठूलो सङ्ख्यामा चमेरा गुफाबाट एकै पटक बाहिर निस्कँदा घामै छेक्ने गरेको छ । लगभग ८०० मिटर लम्बाइ रहेको यो गुफामा लाखौंको सङ्ख्यामा चमेरा रहेका छन् । ठूलो सङ्ख्यामा चमेरा गुफाबाट एकै पटक बाहिर निस्कँदा घामै छेक्ने गरेको छ ।

इतिहास

वि.सं. २०४४ चैत १३ गते शनिबार अर्थात् सन् १९८८ मार्च २६ मा स्थानीय चन्द्र बहादुर सम्लिङ थापामगर, दुर्गाबहादुर थापामगर, नरबहादुर थापामगर, नारायणबहादुर कुमाल र तात्कालीन नोट्रेडेम उच्च माध्यमिक विद्यालय बन्दीपुरका शिक्षक भारतीय नागरिक वारेन्ट क्वाड्रस समेत पाँच जनाको समूहद्वारा पहिलो पटक यो गुफा पत्ता लागेको थियो ।

धार्मिक तथा सांस्कृतिक महत्व

जिदी खोला किनारको घनाजङ्गल क्षेत्रमा रहेको यो गुफाभित्र ढिकी, जाँतो, गाईका थुन, हात्तीको सुँड, शिवलिङ्ग र विभिन्न देवीदेवताका आकृति स्पष्ट देख्न सकिन्छ । प्रत्येक वर्ष साउन महिनामा मुलुकको विभिन्न स्थानबाट श्रद्धालु भक्तजनहरु महादेव शिवको ध्यान गर्न यहाँ आउँछन् । साथै सो क्षेत्रका कृषकहरुले बाली लगाउने र भित्र्याउने समयमा सिद्ध भगवान्लाई अन्न चढाउने र पूजा गर्ने परम्परा अझपनि कायम छ ।

ऐतिहासिक तथा पौराणिक मान्यताहरु

पुरात्वविद्का अनुसार प्राकृतिक बनावट, भौगोलिक उथलपुथल र जीवन सुरक्षाका लागि प्राग ऐतिहासिक कालीन मानवद्वारा निर्मित, धार्मिक एवं ऐतिहासिक पुरातात्विक महत्वको यो गुफा अन्दाजी ३५ सय वर्ष पुरानो मानिएको छ ।

सुरुमै गुफाभित्र फेला पारिएका पुरातात्विक प्राचीन वस्तुहरू, अक्षर मेटिएको तामाको पैसा, माटोबाट बनेको टुक्रीको पानीको घैंटो, सुराहीको आधा भाग, पाला, धुपाउरो, पानस, जनावरको दारा र टेराकोटाको शुल्पा तथा सानो थालजस्तो आदि ई.सं. १६ र १७ औ शताब्दी अघिको अनुमान गरिएको छ ।

प्राकृतिक सौन्दर्य

विशाल पहाडको काखमा हरियाली वन जङ्गलले घेरिएको प्राचीन तपोभूमि जस्तै अनुभव गर्न सकिने यो ठाउँमा पुगेपछि जो कोहीको मन पुलकित हुन्छ ।

पर्यटन प्रर्वद्धन

दक्षिण एसियाकै ठूलो दाबी गरिएको तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरस्थित सिद्धगुफा पर्याप्त प्रचार–प्रसार नहुँदा ओझेलमा परेको छ । २०४४ सालमा पत्ता लागेको सिद्धगुफाको उचित प्रचार–प्रसार नहुँदा अझै पनि ओझेलमा नै छ ।

पर्यटकिय सम्भावना

यस गुफालाई दक्षिण एशियाकै ठूलो गुफा दावी गरिएको छ तर सोचेजति यसको विकास हुन नसक्दा गुफा नै ओझेलमा परेको छ । नेपालकै पर्यटकीय गन्तव्यको रुपमा रहेको बन्दीपुरमा अवस्थित यस गुफाको प्रचार–प्रसार हुन सके यस ठाउँकै विकास हुनेछ । ऐतिहासिक, पुरातात्विक एवम् धार्मिक महत्व बोकेको मुलुककै सुन्दर चार तल्ले सिद्धगुफा ओझेलमा परेको छ ।

आकर्षणहरू

गुफाभित्र दुई हजारको हाराहारीमा चमेराहरु रहेका छन् । उनका अनुसार गुफाभित्र खुला रुपमै गुफाको अवलोकन गर्न सक्नुका साथै प्रकृति निर्मित विभिन्न आश्चर्यजनक आकृतिहरु देख्न सकिन्छ । गुफाभित्र श्रीपेच, पुरातात्विक महत्वको वस्तु, विभिन्न देवी देवताका आकृतिका साथै पानीको छहराले पर्यटक लोभिने गरेका छन् । गुफाभित्र व्याडमिन्टन, भलिबल, टेबलटेनिस, र्या्प्लिङ्ग, जुम्बर, क्लाइम्बिङ्ग जस्ता खेल खेल्न मिल्ने व्यवस्था सिद्ध गुफा व्यवस्थापन समितिले समेत मिलाएको छ ।

कसरी पुग्ने ?

पृथ्वी राजमार्गको बिमलनगर भन्ने ठाउबाट केही मिनेटको पैदल यात्रा गरेपछी यो गुफा पुग्न सकिन्छ । तनहुँ जिल्लाको पुरानो व्यापारिक केन्द्र भिमाद बजारदेखि मोटरमा लगभग आधा घण्टाको समयमा जिदी खोलासम्म पुगिने र त्यसपछि २० मिनेटको पैदलच यात्राबाट यस गुफामा पुग्न सकिन्छ । पृथ्वी राजमार्ग अन्तर्गतको खैरेनीटारबाट झण्डै ४५ मिनेटको गाडीको यात्रापछि पुगिने जिदी खोलाबाट लगभग २० मिनेट हिँडेर गुफा पुग्न सकिन्छ ।

यो पनि पढ्नुहोस्
तनहुँको पर्यटकीय गन्तब्य तनहुँ कालिका शहीद तथा शान्ति पार्क  
लमजुङको सुन्दर पर्यटकीय गन्तव्य काउलेपानी
पशु हत्या निषेध गरिएको गोरखाको सुन्दर पर्यटकीय गन्तव्य चुम भ्याली
चितवनको वाल्मीकिको साधनाभूमि र सीता आएर बसेको स्थल वाल्मीकि आश्रम


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !