११ बैशाख २०८१, मंगलबार

तनहुँको पर्यटकीय गन्तब्य तनहुँ कालिका शहीद तथा शान्ति पार्क


तनहुँ कालिका शहीद तथा शान्ति पार्क

पृष्ठभूमि : नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलले पहिचान गरेका १०० वटा नयाँ पर्यटकीय गन्तब्यहरुमा तनहुँ जिल्लाको तनहुँ कालिका शहीद तथा शान्ति पार्कलाई छनोट गरेको छ । सन् २०२० लाई नेपाल भ्रमण वर्षका रूपमा मनाउने गरी २० लाख विदेशी पर्यटक नेपाल भित्र्याउने लक्ष्यको जिम्मा तनहुँ कालिका शहीद तथा शान्ति पार्कलाई पनि दिइएको छ ।

परिचय

तनहुँको व्यास नगरपालिका-४ स्थित तनहुँ कालिका शहीद शान्ति पार्कलाई धार्मिक पर्यटकीय गन्तव्यको रूपमा विकास गरिने भएको छ । व्यास नगरपालिका-४ स्थित कालिका जङ्गल पार्कमा प्यागोडा शैलीको कलात्मक कालिका मन्दिर निर्माण गर्न थालिएको छ । उक्त मन्दिरलाई धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्ने उद्देश्यले काठ, इँटा र धातु प्रयोग गरी मल्लकालीन प्यागोडा शैलीको मन्दिर निर्माण अघि बढाइएको हो ।

दमौली बजारस्थित पूर्व र उत्तरमा व्यासमार्ग, पश्चिममा मादी नदी र दक्षिणमा दमौली बजारभित्र पर्ने बागभञ्ज्याङ सामुदायिक वनको करीब ८ हेक्टर क्षेत्रफलभित्र तनहुँ कालिका शहीद तथा शान्ति पार्क पर्दछ । दमौली बजारबाट एक किलोमिटर दूरीमा पर्ने यस पार्कलाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यसहित विभिन्न संरचना निर्माण गरिएको छ ।

धार्मिक तथा सांस्कृतिक महत्व

फूलपातीमा यस मन्दिरमा पूजा अर्चनका लागि भिडभाड लाग्ने गर्छ । तनहुँ कालिका मन्दिरमा पूजा अर्चनाका छिमेकी कास्की,लमजुङ र गोरखा लगायतका जिल्लाबाट सर्वसाधारणहरु पूजा अर्चनाका लागि आउने गरेका छन् ।

प्राकृतिक सौन्दर्य

यस ठाउँबाट दमौली बजार लगायत आसपासका बस्ती, काहुँडाँडा, मानहुँडाँडा, तनहुँसुर, मिर्लुङकोट, गलेखामकोट लगायतका पर्यटकीयस्थल अवलोकन गर्न सकिन्छ । यस ठाउँलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्दै आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन पार्कका पदाधिकारीहरु लागि परेका छन् ।

पर्यटन प्रर्वद्धन

यस ठाउँबाट दमौली बजार लगायत आसपासका बस्ती, काहुँडाँडा, मानहुँडाँडा, तनहुँसुर, मिर्लुङकोट, गलेखामकोटलगायतका पर्यटकीयस्थल अवलोकन गर्न सकिन्छ । यस ठाउँलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्दै आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन पार्कको व्यवस्थापन लागि परेको छ । पार्कको वृहत्तर विकासका लागि गुरुयोजना समेत बनाइएको छ । गुरुयोजनाले पार्कलाई पाँच भागमा विभाजन गरी त्यसभित्र बन्ने संरचनालाई समावेश गरेको छ ।

पर्यटकिय सम्भावना

व्यास नगरपालिका–४ दमौली बजारलाई आन्तरिक पर्यटनको केन्द्र बनाउन यस पार्कले महत्वपूर्ण भूमिका खेल्ने देखिन्छ । गुरुयोजना अनुसार काम गर्दै गए यसलाई धार्मिक पर्यटनको केन्द्रविन्दु बनाउन सकिनेछ । यस पार्कलाई दमौलीको मात्र नभई तनहुँकै धार्मिक पर्यटनको गन्तव्य बनाउन सकिने सम्भावना देखिन्छ ।

गुरुयोजना अनुसार मन्दिर बाहेकका अन्य संरचना निर्माणमा अन्य केहि रकम आवश्यकता पर्ने देखिन्छ । बिगतमा सांसद क्षेत्र पूर्वाधार विकास कार्यक्रम र स्थानीय उपभोक्ताको जनसहभागितामा ३६ वर्र्गिफटको टिनको छानो भएको तनहुँ कालिका मन्दिरको स्थापना भएको थियो । हाल उक्त मन्दिरको पुनःनिर्माणको काम भइरहेको छ ।

समस्याहरु

१०० नयाँ पर्यटकीय गन्तव्यमा सूचीकृत व्यास नगरपालिका–४ स्थित तनहुँ कालिका शहीद शान्ति पार्कमा बजेट अभाव भएर पूर्वाधार निर्माणको काम अघि बढ्न नसकेको स्थानीय बासिन्दाको भनाई छ । पार्कलाई धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने लक्ष्य भए पनि बजेट अभावका कारण पूर्वाधार निर्माणलाई तीव्रता दिन समस्या परेको हो ।

दमौली बजारबाट एक किलोमिटर दूरीमा पर्ने पार्क्भित्र सरकार, निजी क्षेत्र र स्थानीयवासीको सहयोगमा केही पूर्वाधार निर्माण सम्पन्न भइसकेका छन् । गुरुयोजना अनुसार पार्कमा प्रवेशद्वार, टिकट काउण्टर, पार्किङस्थल, शहीद स्मारक पार्क, बाल उद्यान, पानीको फोहोरा, सानो चिडियाघर, भ्यु टावर, विश्रामस्थल लगायतका पूर्वाधार निर्माण हुन बाँकी छ ।

कसरी पुग्ने ?

दमौलीबाट करीब १ किलोमिटर दूरीको सिँढी उक्लेर मन्दिर पुग्न सकिन्छ भने मोटरबाट ८०० मिटरबाटो पार गर्नुपर्ने हुन्छ । उक्त बाटोको १०० मिटर कालोपत्र भइसकेकाले बाँकी ७०० मिटर यसै वर्ष कालोपत्र गरिने बताइएको छ ।

यो पनि पढ्नुहोस्  

लमजुङको सुन्दर पर्यटकीय गन्तव्य काउलेपानी

पशु हत्या निषेध गरिएको गोरखाको सुन्दर पर्यटकीय गन्तव्य चुम भ्याली

चितवनको वाल्मीकिको साधनाभूमि र सीता आएर बसेको स्थल वाल्मीकि आश्रम


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !