२६ मंसिर २०८१, बुधबार

प्रतिनिधिसभाका सचिव सुरेश अधिकारीले दिए राजीनामा


सुरेश अधिकारी

काठमाडौँ । संघीय संसदअन्तर्गतको प्रतिनिधिसभाका सचिव सुरेश अधिकारीले पदबाट राजीनामा दिएका छन् । प्रतिनिधिसभाका सचिव अधिकारीले दिए आज राजीनामा दिएका हुन् ।

स्वास्थ्यको कारण देखाउँदै आगामी मंसिर १० गतेदेखि लागू हुने गरी उनले राजीनामा दिएको संसद सचिवालयले स्रोतले जनाएको छ । उनले जिम्मेवारी सम्हालेको पाँच महिनामै राजीनामा दिएका हुन् ।

सङ्खुवासभा जिल्ला खाँदवारी नगरपालिका वार्ड नम्बर २ निवासी अधिकारीलाई प्रतिनिधिसभा सचिव पद्मप्रसाद पाण्डेय संघीय संसदको महासचिव नियुक्त भएपछि सचीव नियुक्त गरिएको थियो ।

अधिकारीले शिक्षा मन्त्रालयको सचिवबाट अवकाश पाएका थिए । शिक्षा सचिवबाट अवकाश हुनुअघि अधिकारी पर्यटन मन्त्रालय, सामान्य प्रशासन मन्त्रालय, निर्वाचन आयोग र अख्तियारमा सचिव रहेर काम गरेका थिए । उमेर हदका हिसाबले अधिकारीको दुई वर्ष सेवा अवधि बाँकी रहेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !