१४ बैशाख २०८१, शुक्रबार

निगमको हेलचेक्र्याई : टायर नफेर्दा निगमको दिल्ली उडान फेरि रोकियो


वाइडबडी जहाज

काठमाडौँ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) व्यवस्थापनको हेलचेक्र्याईले टायर नफेर्दा निगमको वाइडबडी जहाजको दिल्ली उडान फेरि रोकिएको छ । नेपाल एयरलाइन्सले बेलैमा वाइडबडी ए ३३० जहाजका लागि एउटा टायर नकिन्दा दिल्लीका लागि आज बिहानको उडान हुन नसकेको हो ।

टायर फेर्न नसक्दा विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै रोकिएको छ भने बिहाननै विमानस्थल पुगेका यात्रु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अलपत्र परेका थिए । निगमका अनुसार पाङ्ग्रा सप्लायर कम्पनीलाई समयमै रकम भुक्तानी नगर्दा निगमको उडान प्रभावित भएको हो ।

यसअघि पनि साउन पहिलो साता पनि निगम व्यवस्थापनले बेलैमा पाङ्ग्रा खरिद नगर्दा दिल्लीका उडान हुन सकेको थिएन । बारम्बार निगम व्यवस्थापनको हेलचेक्र्याईले गर्दा उडान हुन नसकेपछि निगमको छविमाथि नै गम्भीर प्रश्नचिन्ह उठेको छ ।

यस्तै गएराति जापानको नारिताका लागि उडेको निगमको वाइडबडी जहाजको कार्गो सामान राख्ने ठाउँमा धुँवा आएपछि जहाज उडेको केही समयमै काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल फर्किएको थियो । यद्यपि प्राविधिक मर्मतपछि उक्त जहाज जापानको नारिता उडेको छ ।

यो पनि पढ्नुहोस्

प्राविधिक मर्मतपछि जापानको नारिता उड्यो निगमको वाइडबडी जहाज

जापान उडेको निगमको जहाजमा धुवाँ देखिएपछि आधा घण्टामै फर्कियो काठमाडौँ


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !