२२ बैशाख २०८१, शनिबार

जापान उडेको निगमको जहाजमा धुवाँ देखिएपछि आधा घण्टामै फर्कियो काठमाडौँ


वाइडबडी

काठमाडौँ । जापानका लागि उडेको नेपाल वायुसेवा निगमको वाइडबडी जहाजबाट धुवाँ निस्कएपछि काठमाडौं फर्किएको छ । गएराति १८४ जना यात्रु बोकेर काठमाडौँबाट जापानको नारिता उडेको जहाजमा धुँवा देखिएपछि आधा घण्टामै काठमाडौँ फर्किएर सुरक्षित अवतरण गरेको हो ।

विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार गएराति ११ बजे उडेको आरए ४३३ उडान नम्बरको जहाज आधा घण्टामै काठमाडौं फर्किएको थियो । उक्त घटनाबारे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित टर्मिनल कार्यालयले कुनै जानकारी नरहेको जनाएको छ ।

चालकदलले जहाज काठमाडौंमा अवतरण गएपछि निगमले अर्को जहाज नभएका कारण ती यात्रुहरूलाई राति सिनामंगलमा रहेको एयरपोर्ट होटल र ज्ञानेश्वरको काभेरी इन होटलमा राखेको थियो । प्राविधिक जाँचपछि आज बिहान ९ बजे पुनः उडानको तयारी भइरहेको उनले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !