१४ बैशाख २०८१, शुक्रबार

दैलेखमा फरक क्षमताका खत्री गाउँकै अगुवा कृषक


दैलेखमा फरक क्षमताका खत्री गाउँकै अगुवा कृषक

दैलेख । शारीरिक रुपमा फरक क्षमता भएका दैलेख नारायण नगरपालिका-१ कुईकानाका ४८ वर्षीय चक्रबहादुर खत्रीले व्यावसायिक रुपमा गर्नु भएको गोलभेंडा खेती । गाउँकै अगुवा कृषक कहलिँएका खत्रीले चार रोपनीमा तरकारी खेती गरेका छन् ।

उहाँ भन्नुहुन्छ ‘ बाबुको हौसला र परिवारको सहयोगले नै बारीमा विभिन्न प्रकारका तरकारी फलाउन सफल भएको छु । तरकारीबाट वार्षिक रु तीन लाखसम्म कमाउने गरेको छु ।’ तस्बिर : पुरुषोत्तम थापा, रासस


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !