७ बैशाख २०८१, शुक्रबार

थाहा पाउनुहोस्, महिलाले कसरी प्रयोग गर्ने कण्डम ?


एजेन्सी । स्त्री कण्डमलाई सुखभोग गर्नुभन्दा केहि समय अगाडि लगाउनु पर्ने चिकित्सकहरु बताउँछन् । किनकी महिलाले लगाउने कण्डमबाट तल्काल सुखभोग गर्न मिल्दैन । कण्डममा भएका दुई वटा रिङ्गहरुमध्ये खुम्चिने पट्टिको रिङ्गलाई योनी भित्र घुसाउनु पर्दछ । अर्को कुरा मिति र प्याकेटमा हावा भए नभएको राम्ररी हेर्नु पर्दछ । म्याद गुज्रिएको भए प्रयोग गर्नु हुँदैन । सुखभोगपछि तुरुन्त झिकेको कण्डमको उचित व्यवस्थापन गर्न जरुरी छ । याद गर्नुपर्ने कुरा के छ भने, पुरुष कण्डम जस्तै स्त्री कण्डमसमेत दुई पटक प्रयोग गर्न मिल्दैन । सकभर कण्डम किन्दा उच्च गुणस्तरको छान्नुपर्दछ । महिला कण्डम एक किसिमको बलियो रबरले नै बनेको हुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !