१३ बैशाख २०८१, बिहिबार

नारीका ३२ लक्षणहरु, यस्ता छन् जानी राखौ


नारी

यस्ता छन् नारीका ३२ लक्षणहरु, जानी राखौ ! नारी ईश्वरको अद्वितिय, सुन्दर र रहस्यमयी रचना हो । भनिन्छ, नारीलाई बुझ्न असम्भव छ । के भनाई छ भने, भगवानले समेत नारीलाई बुझ्न सक्दैनन् । अर्थात नारी रहस्य हुन् । जहाँ रहस्य हुन्छ, त्यहाँ बढी उत्सुकता र आकर्षण हुन्छ ।

नारी ईश्वरको अद्वितिय, सुन्दर र रहस्यमयी रचना हो । भनिन्छ, नारीलाई बुझ्न असम्भव छ । के भनाई छ भने, भगवानले समेत नारीलाई बुझ्न सक्दैनन् । अर्थात नारी रहस्य हुन् । जहाँ रहस्य हुन्छ, त्यहाँ बढी उत्सुकता र आकर्षण हुन्छ ।

विभिन्न शास्त्रमा नारीका ३२ लक्षणहरुको बारेमा चर्चा गरिएको छ । कुनै सुन्दर आवरणकी युवती देख्नासाथ पुरुषको मनमा ३२ लक्षणको कल्पना नाच्न थाल्छ । वास्तवमा ३२ लक्षणले युक्त नारीलाई विशिष्ट रूपमा हेरिएको हुन्छ । शास्त्रले व्याख्या गरेका नारीका ३२ लक्षणहरु निम्न अनुसार प्रस्तुत गरिएको छ ।

१. पद्मासनमा बस्दा वृत्ताकार (गोलो) आसनमा देखिनु,
२. हातका औंला लामा-लामा हुनु,
३. औंलाका कापमा छाला केही बढी र जोड्दा टम्म मिलेका हुनु,
४. छाला नरम हुनु र उमेर ढल्केको अवस्थामा पनि युवावस्थाको जस्तै तेज हुनु,
५. शरीरमा विभिन्न थरीका सात सुगन्ध हुनु,
६. हरिणका जस्ता खुट्टा हुनु,
७. गुप्तांग गुप्त रहनु,
८. शरीरको माथिल्लो भाग सिंहको झैं सलक्क मिलेको हुनु, ९ शरीरका अंग सुगठित हुनु,
१०. काँध पुष्ट, चौडा र गोलो हुनु,
११. पाखुरा राम्रोसँग फर्कने हुनु,
१२. लामा पाखुरा हुनु,
१३. सम्पूर्ण शरीर तेजोमय हुनु,
१४. घाँटी शंखजस्तै हुनु,
१५. सोझो र सिंहको जस्तो चिउँडो हुनु,
१६. बत्तीसवटा दाँत हुनु,
१७. दाँत चम्किला हुनु,
१८. समान र टमक्क मिलेका दाँत हुनु,
१९. स्वच्छ र सुन्दर बंगारा हुनु,
२०. लामो जिब्रो हुनु,
२१. सानोभन्दा सानोका विभिन्न स्वाद लिने क्षमता हुनु,
२२. भँगेराको जस्तो स्वर हुुनु,
२३. ब्रह्माको जस्तो मौलिक ज्ञानपूर्ण वाणी हुनु,
२४. आँखीभौं साँढेका जस्ता र नीलकमलको रंगजस्ता हुनु,
२५ आँखीभौंका बीचमा कोमल र सूक्ष्म रेखा हुनु,
२६. मिलेको कपाल हुनु,
२७. अकबरी सुनजस्तै प्रदीप्त शरीर हुनु,
२८. प्रबल र प्रभावशाली व्यक्तित्व हुनु,
२९. शरीरमा धेरै र परस्पर टाँसिएका नरम र दाहिनेतिर घुमेका रौं हुनु,
३०. नीलमणिजस्तो कालो र टल्कने केश हुनु,
३१. तन, नितम्ब, कम्मर आदि सबैका शारीरिक लक्षण आकर्षक हुनु,
३२. विष्णुको जस्तो दृढ स्वभाव हुनु ।

यो पनि पढ्नुहोस्

हरितालिका तीजमा नारीहरु व्रत बस्ने कारणहरु

कस्तो मानिसको सबैभन्दा बढी सम्बन्ध विच्छेद हुन्छ ?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !