११ बैशाख २०८१, मंगलबार

पुरुषलाई आकर्षित गर्न महिलाले सुधार्नुपर्ने १० बानी व्यवहारहरु


पुरुषलाई आकर्षित गर्न महिलाले सुधार्नुपर्ने १० बानी व्यवहारहरु

पुरुषलाई आकर्षित गर्न महिलाले सुधार्नुपर्ने १० बानी व्यवहारहरु । पुरुष र महिला भिन्न भएर पनि एकअर्काका परिपूरक हुन् । एकको अस्तित्वबिना अर्को सम्भव छँदै छैन । त्यसकारण महिलालाई पुरुष एवं पुरुषलाई महिलाको आवश्यकता पर्छ । पुरुषहरुले महिलाका कस्ता गुणलाई मन पराउँछन् भन्ने विषयमा धेरैजसो महिलाहरुले ध्यान दिने गरेका हुन्छन् । महिलाहरु पुरुषको नजरमा पर्न र मन जित्नका लागि हरेक खालका प्रयास गरिरहेका हुन्छन् । यसका लागि महिला-पुरुष दुवैले आफ्नो रुचिअनुरूप विपरीत लिङ्गी छनोट गर्छन् । यसमा कसैले सुन्दरता त कसैले बुद्धिमत्तामा जोड दिन्छन् अनि कसैले यी दुवैको संयोजन चाहन्छन् भने कतिपयले हरेक समय आफू अनुकूल चल्ने जीवनसाथी पनि चाहेका हुन सक्छन् । कतिपय पुरुषको बानी महिलाहरुलाई मन पर्दैन भने महिलाका केहि बानी पुरुषलाई मन पर्दैन । यहाँ पुरुषलाई मन नपर्ने महिलाको केहि बानी व्यवहारहरु तल उल्लेख गरिएको छ ।

१. लामो नङ पाल्ने बानी

प्रायः धेरै महिलाहरु नङ लामो बनाउन रुची राख्छन् तर पुरुष साथीहरुलाई तपाईको यो बानी मन नपर्न सक्छ । तपाईं सायद सोच्नुहुन्छ होला, लामो नङ निकै आकर्षक हुने गर्दछ तर वास्तविकतामा तपाईंको यो लामो नङ पुरुषहरुलाई मन पर्दैन । त्यसैले नङ ठिक मात्र राख्नुहोस् ।

२. सन्की स्वभाव

महिलाहरुको सन्की स्वभाव पुरुषहरुलाई मन पर्दैन । हुन त सन्की मान्छे कसलाई पो मन पर्छ र । सानो कुरामा पनि झर्किने, चिड्याउने, सन्किने बानी छ भने त्यसलाई त्याग्नु नै राम्रो हुन्छ ।

३. जिद्दीपन

पुरुषहरुसँग सधैँ टासिइरहनु, उनीहरु बिना आफू केहि पनि नभएको जस्ता कुराहरु पुरुषहरुलाई मनपर्दैन । पुरुषहरु स्वतन्त्र एवं आवश्यक परेको खण्डमा पुरुषहरुको मद्दत लिने महिलाहरुलाई मनपराउने गर्दछन् ।

४. रुखो स्वभाव

महिलाहरुको रवाफ र रुखो स्वभाव पुरुषहरुलाई साह्रै नराम्रो लाग्ने बानी मध्येको एक हो । सामान्य रुपमा पुरुषहरुलाई आफ्नो वरिपरिको मानिसहरुसँग भएको बेलामा रुखो व्यवहार गर्ने महिला कहिले पनि मनपर्दैन ।

५. कुरा काट्नु

यदि तपाईंको पार्टनर तपाईंलाई अन्य महिलासँग खासखुस गरिरहेको देख्दछन् भने सायद तपाईं उनको नजर गिर्न सक्नुहुन्छ । तपाईंको कुरामा जति सुकै सत्यता रहे पनि यसको प्रभाव पुरुषहरुमा नकारात्मक नै हुने गर्दछ ।

६. भूतपूर्व प्रेमीको कुरा

भूतपूर्व प्रेमीको कुरा गर्नु तपाईंको पहिलेको प्रेमीको कुराहरुले तपाईंको प्रेमीलाई रिस उठ्न सक्छ । यदि तपाईं अहिले पनि आफ्नो पुरानो प्रेमीलाई मनपराउनु हुन्छ भने अरु पुरुषसँग बस्नु राम्रो बिचार मानिँदैन । यदि तपाईं बारम्बार आफ्नो पुरानो प्रेमीको बारेमा कुरा गर्नुहुन्छ भने तपाईंले आफ्नो यो बानीको पछाडि लुकेको कारण खोज्नुपर्ने हुन्छ ।

७. अत्याधिक परफ्युम लगाउने बानी

भनिन्छ धेरै खाएपछि चिनी पनि तितो हुन्छ । अत्याधिक पर्फ्युम लगाउने महिला पुरुषहरुलाई मन पर्दैन । पर्फ्युमको हल्का बास्ना मनपर्ने गर्दछ ।

८. परिवर्तन हुन दबाव दिनु

आफूले भनेजस्तो गरोस् भन्ने सबैको धारणा हुन्छ तर आफूलाई राम्रो लाग्छ भन्दैमा त्यहि कुरा अरुलाई मन नपर्न सक्छ । यदि तपाईं कुनै पुरुषसँग घुम्ने निर्णय लिनु हुन्छ र पछि उनको व्यक्तित्व र रुप रंगलाई परिवर्तन गर्ने कोसिस गर्नुहुन्छ पुरुषलाई त्यो कुरा मन पर्दैन । कुनै पुरुषसँग नजिक हुन चाहानुहुन्छ भने उसलाई जबरजस्ती बदल्न नखोज्नुस् ।

९. भद्दा मेकअप

तपाईलाई लाग्न सक्छ धेरै मेकअप गर्नसाथ म राम्री देखिनेछु र जोकोहीले मन पराउनेछन् । यदि यस्तो सोच्नुहुन्छ भने तपाई गलत हुनुहुन्छ । प्रायः पुरुषहरु हल्का र नेचुरल देखिने किसिमको मेकअप मन पराउँछन् ।

१०. मौन बस्ने बानी

मौन नबोल्दा पुरुषहरुलाई राम्रो लाग्छ भनेर चुप बस्नुहुन्छ भने तपाई गलत हुनुहुन्छ । वास्तवमा पुरुषहरुलाई सुझाव दिने र कुरा बुझ्ने महिलाहरु धेरै मन पर्ने गर्दछ । यदि तपाईंलाई कुनै विषयको बारेमा केहि कुरा थाहा छ भने पुरुषहरुको सामू बोलेर आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

यो पनि पढ्नुहोस्

पुरुषका यी ५ कुराबाट टाढा भाग्छन् महिलाहरु

पुरुषहरु महिलाका यी ७ कुराहरुमा हुन्छन् आकर्षित 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !