७ पुस २०८१, आइतबार

पुरुषका यी ५ कुराबाट टाढा भाग्छन् महिलाहरु


पुरुषका यी ५ कुराबाट टाढा भाग्छन् महिलाहरु

पुरुषका यी ५ कुराबाट टाढा भाग्छन् महिलाहरु । पुरुष र महिला भिन्न भएर पनि एकअर्काका परिपूरक हुन् । एकको अस्तित्वबिना अर्को सम्भव छँदै छैन । त्यसकारण महिलालाई पुरुष एवं पुरुषलाई महिलाको आवश्यकता पर्छ । पुरुषहरुले महिलाका कस्ता गुणलाई मन पराउँछन् भन्ने विषयमा धेरैजसो महिलाहरुले ध्यान दिने गरेका हुन्छन् । यसका लागि महिला-पुरुष दुवैले आफ्नो रुचि अनुरूप विपरीत लिङ्गी छनोट गर्छन् । यसमा कसैले सुन्दरता त कसैले बुद्धिमत्तामा जोड दिन्छन् अनि कसैले यी दुवैको संयोजन चाहन्छन् भने कतिपयले हरेक समय आफू अनुकूल चल्ने जीवनसाथी पनि चाहेका हुनसक्छन् ।

कतिपय पुरुषको बानी महिलाहरुलाई मन पर्दैन भने महिलाका केहि बानी पुरुषलाई मन पर्दैन । यदि तपाईं पनि कुनै महिलालाई प्रपोज गर्ने सोच बनाई रहनु भएको छ र चाँडै नै ती महिलाको मन जित्न चाहनुहुन्छ भने त्योभन्दा पहिले यो लेख पढ्नुहोस् । कुनै पनि महिलालाई प्रपोज गर्नुभन्दा पहिले उनलाई कस्ता पुरुष मनपर्छ भन्ने कुरा थाहा पाउनुपर्छ ।

१. आफ्नै तारिफ गर्ने पुरुष

महिला यस्ता पुरुषलाई फिटिक्कै मन पराउँदैनन् । आफ्नै तारिफ गर्ने पुरुषबाट महिला टाढा भाग्छन् ।

२. फ्लर्ट गर्ने पुरुष

पुरुषमा फ्लर्ट गर्ने बानी सामान्य हुन्छ । यस्ता पुरुष जोसुकै महिलालाई देखेर उनीहरुसँग फ्लर्ट गर्न सुरु गर्छन् । यस्ता पुरुषबाट पनि महिला टाढा हुन्छन् ।

३. सधैं प्रश्न गर्ने पुरुष

पुरुषहरु आफ्ना प्रेमिकाप्रति निकै पोजेसिव भएको हामीले देखेका छौं । प्रेमिका कहिले कतिबजे कहाँ गइरहेका छन् उनीहरुलाई हरेक कुराको जानकारी चाहिन्छ । यस्ता प्रतिबन्ध लगाउने पुरुष पनि महिलालाई मन पर्दैन ।

४. पुरुष मित्रसँग ईष्र्या गर्ने पुरुष

धेरैजसो पुरुषलाई आफ्नी प्रेमिकाका पुरुष साथीहरु मन पर्दैन । ती महिला आफ्ना प्रेमीका लागि जतिसुकै इमान्दार किन नहोस् शंका गर्न छाड्दैनन् । प्रेमिकाको पुरुष साथीसँग जहिले पनि पुरुषले ईष्र्या नै गरेका हुन्छन् । यस्ता पुरुषले सधैं यो हेर्नुपर्छ कि उनको सामाजिक जीवनमा को छन् र को छैनन् । यदि तपाईंको पनि यस्तै बानी छ भने आफ्नो बानी सुधार्नुहोस् ।

५. केयर नगर्ने पुरुष

महिलालाई केयर गर्ने पुरुष निकै मनपर्छ । पुरुषको केयरिङ स्वभावले महिलालाई उनीहरुतर्फ आकर्षित गराउँछ । यसको विपरित यदि कोही पुरुषले उनीहरुको मेसेज र कललाई नजरअन्दाज गरेर त्यसको जवाफ दिएनन् भने यस्ता पुरुष महिलालाई मन पर्दैन ।

यो पनि पढ्नुहोस्

महिलाहरुको धेरै टाउको दुख्नु कारणहरु

पुरुषहरु महिलाका यी ७ कुराहरुमा हुन्छन् आकर्षित 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !