१४ बैशाख २०८१, शुक्रबार

थाहा पाउनुहोस्, यस्तो छ महिलाहरुको धेरै टाउको दुख्नु कारण


एजेन्सी, पुरुषको तुलनामा महिलामा टाउको दुख्ने समस्या बढी हुने गरेको छ । बच्चा जन्माउनेलगायत महिलाले पाउने दोहोरो जिम्मेवारीका कारण या हर्मोनका कारण पनि उनीहरुको बढी टाउको दुख्ने हुन सक्छ । यति मात्रै नभएर टाउको दुख्ने अरु कारण पनि छन् । अक्सर टाउकोको कुन भाग दुखिरहेको छ, त्यहीअनुसार तपाईंको मनिस्थिति के छ भन्ने पत्ता लगाउन सकिन्छ । यदि टाउकोको दुवै भागतिर दुखिरहेको छ भने बुझनुहोस्, यो चिन्ता(टेन्सन)का कारणले हो । माइग्रेन एक प्रकारको टाउको दुख्ने रोग हो, जसलाइ परापूर्वकालमा आधा कपाल दुखाइ पनि भन्ने गरिन्थ्यो । चिकित्सकको भाषामा माइग्रेनलाई भास्कुलर हेड्याक भन्ने गरिन्छ । यदि बीच भागमा टाउको दुख्छ भने त्यसलाई सामान्य मान्नु हुँदैन । कहिलेकाहीँ टाउको दुख्ने कारण पेटसँग जोडिएको हुन्छ । पाचन प्रणाली सही नहुँदा टाउको दुख्ने हुन्छ । यदि टाउकोको एक भाग लामो समय दुख्यो भने झाडापखालाको लक्षण पनि हुन सक्छ । यदि तपाईंले कुनै कुराको बोझ महसुस गरिहनुभएको छ र यो लामो समय कायम रहेमा टाउको दुख्ने हुन्छ । कुनै एक खास ध्वनि कानमा गुञ्जिरह्यो भने टाउको दुख्न सक्छ । घन्टौँसम्म फोनमा कुरा गर्दा पनि यो समस्या आउन सक्छ । टाउको दुखाइको एउटा कारण हर्मोन पनि हो । हर्मोनका कारण हृदयको गति धेरै तेज हुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !