६ जेष्ठ २०८१, आइतबार

कम्प्युटरमा बस्दा ढाड दुख्ने समस्या छ भने अपनाउनुहोस् यी टिप्सहरु


एजेन्सी, प्राय मानिसमा कम्प्युटर चलाउँदा गलत बस्ने तरिका, लामो समयसम्म कम्युटरको बसाई र खानपानको गडबडीले ढाड दुख्ने समस्या देखापरेको पाइन्छ । यसरी ढाड दुख्दा मांसपेशी तन्किने, स्नायु अररिने र चर्को पीडा हुने गर्दछ । मांसपेशी, नसा र हाडहरूको जटिल संरचना नै ढाड भएकाले यसमा समस्या देखा पर्दा शरीरमा ठूलो असर गर्न सक्छ । तसर्थ कम्प्युटरमा बस्दा निम्न उपायमा ध्यान दिने हो भने ढाड दुख्ने समस्या कम गर्न सकिन्छ ।

पर्याप्त मात्रामा भिटामिन डी युक्त खानेकुरा खाने ।
कम्प्युटरमा बस्दा ढाड दुख्ने भएमा शारीरीक काममा विशेष ध्यान दिने ।
क्यालसियमयुक्त खानामा ध्यान पनि विशेष दिने ।
दैनिक बिहान आधा घण्टा घाममा बस्ने ।
लसुन र काँचो सूर्यमुखी तेल मिलाएर दुखेको भागमा मालिस गर्ने ।
एक चम्चा महमा एक ग्राम दालचिनीको धूलो मिसाएर दैनिक २ पटक सेवन गर्ने ।
तातो पानीले ढाड सक्ने ।
मनतातो पानीमा सीधे नून हालेर नुहाउने ।
ज्वानोलाई तावामा भुटेर चपाएर खाने ।
चिसोमा दुखेको ढाड आगोमा तताएको इटामा कपडामा बेरेर सक्ने ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !