७ बैशाख २०८१, शुक्रबार

गरीव र अमिरलाई प्रेमले खासै फरक पार्दैन


लभ स्टोरी

घटना गरीव घरानाकी केटीबाट शुरु हुन्छ । केटीको परिवार धेरै कमजोर हुन्छन् । मेहनत गरेर छोरीलाई पढाएका हुन्छन् । केटी धेरै राम्री भएकाले थुप्रै धनी परिवारका केटाहरूले अनुरोध गर्दछन् तर उ मान्दिन उसले आफुजस्तै परिवारको केटा खोजेकी हुन्छे ।

एकदिन बजारमा एकजना गरीब परिवारको केटासंग केटीको भेट हुन्छ । केटाले केटीलाई र केटीले केटालाई मनपराउदै गरेका हुन्छन् । यो सिलसिलसिला लामो समय चल्दै जान्छ ।

एक दिन केटीले विवाहको प्रस्ताव राख्छिन तर केटाको घर र बाबु आमाको बारेमा केटीले केटालाई सोधेकी हुदैन । बास्तबमा केटो धनी खान्दानको हुन्छ । यो कुरा केटीलाई भनेको हुदैन । केटाले यस्तै गरीव घरानाकी केटी चाहेको हुन्छ ।

एकदिन उसले फेसबुकमा ती केटीलाई देखेका हुन्छन् । केटीको मन जित्न गरीव केटाको रूपमा केटीलाई भेट्न आएको हुन्छ । त्यही समयमा केटीसंग केटाको भेट भएको हुन्छ । उनीहरू प्राय: पार्कमा भेट्ने गर्दछन् । केटाको गाडी भएपनि उ बसमा चढेर आउने गरेको हुन्छ ।

समयले कोल्टो फेरेको कसैलाई थाहा हुदैन । केटीले बिहेको अफर राखेकाले केटाले हुन्छ भनेको हुन्छ । केटीको बाबा-आमा दाजु-भाई सबैको राय अनुसार मन्दिरमा बिहे गर्ने प्रस्ताव राखेका हुन्छन् । यो देखेपछि केटाले सोचेको हुन्छ यदि म धनीको छोरा भन्दा मलाई न स्वीकार्ने पो हुन् की भन्ने डरले कसैलाई केहि भनेको हुदैन ।

अब बिहेको समय नजिक आएकाले एकदिन केटी बाहिर गएको बेला बाबु-आमालाई केटाले आफ्नो बास्तबिक काहानी सुनाउछ । मलाई सम्पत्तिको लालच नभइकी केटीको आवश्यकता महसुस भएर उनीसंग भेट गरेको थिए । मैले सोचे जस्तो केटी पाएकोमा म भाग्यमानी ठान्दछु । तर हजुरहरूले मलाई अन्यथा नलिने गरि इजाजत दिनुस् म मेरो बाबा मम्मिलाई बोलाउछु ।

पछि आमा-बाको कुरा सुनेपछि केटीले मलाई ढाट्ने भनेर रिसाउछिन तर केटाले उनीसंग गरेको व्यवहार राम्रो भएकाले हुन्छ भनेर केटालाई भन्छिन । यति भएपछि केटाले बाबा मम्मीलाई ल्यायर आउछ । केटा उच्च घरनाको र धनी परिवारको भएपनि उच्च विचारको हुने भएकाले बिवाह सम्पन्न हुन्छ ।

यहाँ केटा धनी होस् या केटी धनी किन नहोस् माया-प्रेमले धनी गरिब खोजेको हुदैन । जहाँ मन मिल्छ त्यहाँ प्रेम हुन्छ । दु:ख पर्दा होस् या सुख पर्दा मातिने दु:ख पर्दा आत्तिने भएमा यसलाई सच्चा प्रेम भनिदैन ।

नेपालमा प्रेम गरेर हत्या गर्ने प्रचलन आय दिन देखिन थालेको छ । यस्ता कुरामा आफ्ना बालबच्चा के कस्ता लतमा छन् जान्न जरूरी छ । सवै राम्रो र नराम्रो भन्न सकिदैन । प्रेम गर तर चिनेर गर्ने गर्दा कसैलाई पनि धोका नहुन सक्छ । हरेकले प्रेम गर्दा केटाको केटीले र केटीले केटाको बुझेर मात्र विवाहको प्रस्ताव गर्दा ठिक हुनेछ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !