१४ बैशाख २०८१, शुक्रबार

प्रतिपक्ष दल नेपाली काँग्रेसले सडक आन्दोलन गर्दैछ तर केका लागि ?


रामचन्द्र तिम्सिना

प्रमुख शक्तिशाली प्रतिपक्ष दल ७ दशक लामो अनुभव बोकेको देशको एक शशक्त दल नेपाली काँग्रेसको आन्दोलन विकास र निकास मुखी हुनुपर्थ्यो तर यहाँ सत्ता, शक्ति र सह-अस्तित्वका लागि मात्र हुनु दु:खद पक्ष हो ।

लाउडा, धमिजा, चेज, सुन, एमसिसी हरेक हरेक अनियमितता र भ्रष्टाचार काण्डमा प्रत्यक्ष मुछिएको कांग्रेसले केपी ओलीको भ्रष्टाचार विरुद्ध आन्दोलन गर्नु आत्मरतीका लागि मुतको न्यानो मात्रै हो।

सशक्त प्रतिपक्षीको भुमिका खेल्नुपर्छ तर लगभग ३ बर्ष कानमा तेल हालेर सुतेको काँग्रेस राजावादीको नारासंगै ब्युँझिएको होकि भन्ने गलत सन्देश नजाओस् ।

हिउँदे अधिवेशन बोलाउन पहल नगरी सडकमा आफ्नो वर्चश्व खोज्दै सर्वसत्तावाद लादेको, रामचन्द्रको गिरफ्तार र भ्रष्टाचार भयो भन्दै दर्जनौं नारा लिएर आज ७७ वटै जिल्लामा सडक आन्दोलन शुरु भएको छ ।

आम जनमानसले चाहेको र अपेक्षा गरेको काँग्रेसको आन्दोलन यस्ता बिषयहरुमा हुनुपर्थ्यो ।

• बिकास आयोजनाको ढिला सुस्ती र अनियमितताका लागि हुनुपर्थ्यो ।

• विद्यार्थी बालबालिका र महिला हिंसाको विरुद्धमा हुनुपर्थ्यो ।

• स्वास्थ्य र शिक्षामा नि:शुल्कका लागि हुनुपर्थ्यो ।

• बेरोजगार जनताको बारेमा हुनुपर्थ्यो ।

• बिदेशीएका नेपालीको समस्या बारेमा हुनुपर्थ्यो ।

• कृषक हकहित र अधिकारका निम्ति हुनुपर्थ्यो ।

• बिचौलिया र माफिया विरुद्ध हुनुपर्थ्यो ।

• कानुन र न्यायका लागि हुनुपर्थ्यो ।

• समय मै मल-खाद र बिउ-बिजन दिलाउनका लागि हुनुपर्थ्यो ।

• स्वदेशी उत्पादनलाई प्राथमिकता र बिदेशिलाई निरुत्साहित पार्न हुनुपर्थ्यो ।

तर दुर्भाग्य नै मान्नुपर्छ बिरोधका लागि बिरोध जनाएर आफ्नो प्रभुत्व जमाउनु कतै नसुहाएको पो होकी ?

चीनको विकास र जापानको प्रविधिको बहस गरेर आमूल परिवर्तनका लागि आन्दोलन गरिनु पर्नेमा हिजो उसले जे गर्यो आज आफुले त्यही गर्नुपर्छ भन्ने मानसिकतालाई लोकतान्त्रिक अभ्यासको एउटा सरल उदाहरण भन्न कदापी नसुहाउला की ?

रामचन्द्र तिम्सिना
(आवाज)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !