२१ बैशाख २०८१, शुक्रबार

स्वार्थले कसैको भलाई गर्दैन देश पछि पर्नुमा स्वार्थ प्रमुख


डा. राम बहादुर बोहरा

यदि कसैले दान र सहयोग दिन्छ भने त्यसको महत्व बुझेर काम गर्नु राम्रो हो । तर दानको महत्व नबुझ्ने गरि काम गर्दा त्यसको कुनै अर्थ रहदैन । रामे भन्ने व्यक्ति इमान्दार रहेछ तर च्यामे भन्ने व्यक्ति धेरै फटाहा रहेछ ।

समय परिवर्तन हुदै गएछ । च्यामे भन्ने व्यक्तिले अथह सम्पत्ति जोड्दै गएछ तर रामे भन्ने व्यक्ति इमान्दार हुनाले केही गर्न सकेनछ ।

एकदिन रामे विरामी हुँदा पुरै गाउनै उल्टेर उसको सेवा गरेछन् अस्पताल लगेर उपचार गरेछन् तर च्यामे विरामी हुदा कसैले सहयोग गरेनन् यो देखेपछि उस्लाई दिक्क लागेछ ।

एकदिन उसले समाज सेवा गर्ने अठोट गरेर सवै सम्पति बेचेर समाज सेवामा लागेछ । पछि दुवै मरेछन् । रामेको सम्पत्ति नहुनाले उसको गुनगाण मात्र गाएछन तर च्यामेको सम्पत्ति र सहयोग गर्ने हौसला देखेर उसको सालिक बनाएर राखेछन् ।

याहाँ हामीले बुझ्न जरूरी छ । हिजो राजसंस्थाले गरेका सवै उपलब्धीलाई समाप्त पार्दै गयौं यदि हामीले परिमार्जन गर्दै अझ थप्दै अघि बढ्दै गएको भए आज यो देशमा ठूलो परिवर्तन हुने थियो ।

नेपालमा राजनीति स्वार्थमा भन्दा व्यक्तिगत स्वार्थमा मान्छे डुबेको देखिनु भनेकै च्यामे बन्नु हो । समाज सेवामा भन्दा पार्टी भरण पोषणमा लाग्दै गर्दा र स्वार्थमा डुब्दा देश रित्तिदै गयो ।

हामीले केवल अगाडिको थाल हेर्नमा व्यस्त भयौं । राम्रो काम गरौं भोलि पनि अवसर हामीले पाउने छौं भन्ने सोच हामीमा रहेन मौकामा चौका हानौ भन्ने सोच मात्र गरौं ।

यसरी जुनसुकै पार्टी सरकारमा गएपनि स्वार्थ हावी हुदै जाने देखिन्छ । अब जनताले परिवर्तन चाहेका छन् । जनताको जनभावना अनुसार काम गर्न सक्ने व्यक्तिको आवश्यक देशलाई हुदैछ ।

जहाँ डर छैन त्याहाँ गलतमाथि गलत हुदै जान धाल्नेछ । अब देशमा नागरिकको अगुवाइमा देश हाक्न दिनुभएमा परिवर्तन हुन सक्छ कि भन्ने आंकलन गर्ने समय आइसकेको देखिन्छ ।

अब फेरि देशमा दोस्रो आन्दोलन सुरु हुनेछ यसले देशमा परिवर्तन ल्याउन सक्ने आंकलन गर्न सकिन्छ । अनावश्यक खर्च कटौती गर्दै देश विकासमा सवैको सहयोग जुटाउन सके मात्र परिवर्तन सम्भव छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !