पोखरास्थित सशस्त्र प्रहरी गणमा कार्यरत १६ जना सुरक्षाकर्मीलाई कोरोना संक्रमण पुष्टि
कास्की, ४ भदौ । पोखरा महानगरपालिका-७ स्थित सशस्त्र प्रहरी गणमा कार्यरत १६ सुरक्षाकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले बुधबार साँझ जारी गरेको विज्ञप्ति अनुसार प्रदेश क्षयरोग केन्द्रमा गरिएको परीक्षणमा उनीहरुमा सङ्क्रमण पुष्टि भएको हो ।