९ जेठ, काठमाडौं । नेपाल सरकारले संविधान संशोधनको प्रस्ताव संसदमा दर्ता गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले जेठ १३ गते संसद बस्नु अगाडि नै संविधान संशोधन प्रस्ताव दर्ता गर्ने निर्णय गरेको हो ।