काठमाडौँ । राष्ट्रपति कार्यालयले नेपालको संविधानले दिएको जिम्मेवारी पूरा गर्ने क्रममा राष्ट्रपतिले गरेका काममा मुद्दा नलाग्ने जवाफ सर्वोच्च अदालतमा पठाएको छ । राष्ट्रपति कार्यालयका निमित्त सचिव रुपनारायण भट्टराईले मन्त्रिपरिषद् विस्तार विरुद्धका परेको मुद्दामा महान्यायाधिवक्ता कार्यालयमार्फत आज सर्वोच्च अदालतमा पेश गरेको