भुटानी शरणार्थी प्रकरणमा सफाइ पाएका प्रतीक थापालाई पठाइयो अख्तियार
काठमाडौं । भुटानी शरणार्थी प्रकरणमा सफाइ पाएका पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक थापालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग पठाइएको छ । प्रतीकलाई सुन्धारा कारागारमा राखिएको थियो । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा प्रतीकले सफाइ पाएका थिए ।