डोल्पा कारागारबाट भागेका दुई कैदी समातिए
सुर्खेत । डोल्पा जिल्ला कारागारबाट फरार भएका दुई कैदीलाई प्रहरीले रुकुम पश्चिमबाट पक्राउ गरेको छ । कारागारबाट फरार भएका आठ कैदीबन्दीको खोजी गर्ने क्रममा मंगलबार बिहान दुईजनालाई रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–६, दामाचौरस्थित खोली बगरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।