, सभामुख Archives - Page 2 of 3 - Nepalpatra

सभामुख

  • sansad bhavan

    सभामुख पद रिक्त : नेकपाको सभामुख र उपसभामुखमध्ये एक पद गुम्ने

    १६ असोज, काठमाडौं । संघीय संसद्की महिला कर्मचारीमाथि यौनदुव्र्यवहार गरेको आरोपमा सभामुखबाट कृष्णबहादुर महराले राजीनामा दिएपछि नेकपाभित्र सभामुख कसलाई बनाउने बहस सुरु भएको छ । संविधान र प्रतिनिधिसभा नियमावलीअनुसार नेकपाले सम्हाल्दै आएको सभामुख र उपसभामुखमध्ये एक पद त्याग्नुपर्ने अवस्था पनि आएको छ । उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले बुधबार सूचना जारी गरी सभामुख पद रिक्त भएको […]

  • संसदको वेबसाइटबाट कृष्णबहादुर महराको नाम हटायो

    १५ असोज, काठमाडौं । सभामुख पदबाट राजीनामा दिएका कृष्णबहादुर महराको नाम संसद सचिवालयले वेबसाइटबाट हटाएको छ । यौन दुर्व्यवहारको आरोप लागेपछि महराले उपसभामुख शिवमाया तुम्बाहाम्फेसमक्ष मंगलबार राजीनामा दिएका थिए । उपसभामुखको निर्देशनअनुसार प्रतिनिधिसभा नियमावलीको नियम २११ को उपनियम २ अनुसार महराले सभामुख पदबाट राजीनामा दिएको सूचना संसद सचिवालयमा टाँसिए सँगै संघीय संसदको प्रतिनिधिको वेबसाइटबाट महराको […]

  • krishna bahadur mahara

    पत्रकारिता क्षेत्रलाई विश्वसनीय र स्वतन्त्र हुन चुनौती छ : सभामुख महरा

    ३ असोज, काठमाडौँ । सभामुख कृष्णबहादुर महराले संविधान कार्यान्वयन गर्न मौलिक हकअन्तर्गत बनेका विधेयकमा व्यापक छलफल भएको बताउनुभएको छ । नयाँ मिडिया प्रालिले आजदेखि शुभारम्भ गरेको नयाँपाइला अनलाइन (www.nayapalia.com) को शुभारम्भ गर्दै सभामुख महराले भन्नुभयो, “सङ्घीय सदनले मौलिक हकसितसम्बन्धी १६ वटा विधेयक पारित ग¥यो, पारित प्रक्रियामा व्यापक छलफल भएको छ ।” संविधान गतिशील दस्तावेज भएकाले समय […]

  • Krishna Bahadur Mahara

    चीन भ्रमण फलदायी : सभामुख महरा

    २७ भदौ, काठमाडौँ । सभामुख कृष्णबहादुर महराले आफ्नो पाँच दिने चीन भ्रमण उपलब्धिमूलक र फलदायी भएको बताउनुभएको छ । स्वदेश फर्किनुभएपछि उहाँले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै भ्रमणले नेपाल र चीनबीचको आपसी हित एवं मैत्रीपूर्ण सम्बन्ध थप प्रगाढ बनाएको उल्लेख गर्नुभयो । तिब्बत भ्रमणका अवसरमा सभामुख महराले चीनको तिब्बत स्वशासित क्षेत्रका पार्टी प्रमुख वु […]

  • Krishna Bahadur Mahara

    सरकार र दलहरुको गतिशीलता देखिनु जरुरी छ : सभामुख महरा

    ८ साउन, नेपालगञ्ज । संघीयसभाका सभामुख कृष्णबहादुर महराले मुलुकको राजनीतिक विवाद संविधान निर्माण भएपछि सकिएको बताउनुभएको छ । यहाँस्थित महेन्द्र बहुमुखी क्याम्पसको हातामा नयाँ निर्माण हुने क्याम्पस भवनको आज शिलान्यास गर्दै उहाँले भन्नुभयो, “अब मुलुक बनाउन सरकार र सबै राजनीतिक दलको गतिशीलता देखिनु जरुरी छ ।” सभामुख महराको थप भनाइ थियो, “मुलुक बनाउन अहिले पनि […]

  • Krishna Bahadur Mahara

    सभामुखबाट ‘रुलिङ’

    १८ असार, काठमाडौँ । सभामुख कृष्णबहादुर महराले संसद्को विशेष र शून्य समयमा उठाएका प्रश्नको विषयमा जवाफ दिने व्यवस्थाका लागि सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभाको आजको विशेष समयको बैठकपछि उहाँले सदनमा शून्य समय र विशेष समयमा सांसदहरुले गम्भीर विषय उठाउँदै आउनुभएको छ, त्यसको जवाफ सम्बन्धित मन्त्रीबाट होस् भन्नुभयो । सभामुख महराले भन्नुभयो– “सांसदहरुले गम्भीरताका साथ विषयवस्तु […]

  • Krishna Bahadur Mahara

    सरकारलाई सभामुखको ध्यानाकर्षण

    ४ जेठ, काठमाडौँ । सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले उठाउनुभएको राष्ट्रिय महत्वका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । सभामुख महराले देशका विभिन्न स्थानमा महिला हिंसा बढेको, बाढीपीडित र भूकम्पपीडितले उचित राहत नपाएको जस्ता विषयमा सांसदहरुले सरकारको ध्यानाकर्षण गराएको भन्दै सो विषयमा सरकारको धारणा माग्नुभयो । सांसदहरुको मागलाई गम्भीरतापूर्वक लिई कार्यान्वयन गर्न सभामुख महराले […]

  • Volleyball

    सेनालाई हराउँदै सभामुख कप पुलिस क्लबको पोल्टा

    ३ जेठ, रोल्पा । रोल्पामा सञ्चालित प्रथम सभामुख कप भलिबल प्रतियोगिता बुधबार सम्पन्न भएको छ । प्रतियोगितामा पुरुषतर्फ नेपाल पुलिस क्लब प्रथम भएको छ भने महिलातर्फ सशस्त्र प्रहरीको एपीएफ क्लबले जित हासिल गरेको छ । बुधबार बिहान सम्पन्न फाइनल खेलमा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीच भएको प्रतिस्पर्धामा नेपाल पुलिस क्लब विजयी भएको हो । […]

  • arjun thapa 7

    प्रदेश नं ७ लाई देशकै नमूना बनाउँछु : सभामुख थापा

      २७ वैशाख, बझाङ । भेटघाटका लागि गृहजिल्ला बझाङ पुग्नुभएका प्रदेश नं ७ का सभामुख अर्जुनबहादुर थापाले आफ्नो प्रदेशलाई देशकै नमूना बनाउने बताउनुभएको छ । नेपाल पत्रकार महासंघ बझाङ शाखाले गरेको स्वागत तथा सम्मान कार्यक्रममा सभामुख थापाले जनतामुखी बजेट ल्याइने बताउनुभयो । “गाउँको विकास भए मात्र देशको विकास हुन्छ । हिजो सिहंदरबारको मुख ताकेर बसेका जनतालाई अहिले […]

  • Mahara-Tepleez Meet

    सभामुख महरा र अमेरिकी राजदूत टेप्लिजबीच भेटवार्ता

      २६ वैशाख, काठमाण्डौ । सभामुख कृष्णबहादुर महरासँग नेपालका लागि अमेरिकी राजदूत एलियाना बी टेप्लिजले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ । सभामुखको कार्यकक्ष सिंहदरबारमा भएको भेटवार्तामा दुई देश बीचको मित्रता, आपसी सहयोग, सहकार्य र संसदीय मैत्री संघ लगायतका विषयमा विचारविमर्श भएको थियो । भेटमा सभामुख महराले नेपाल र अमेरिका बीचको सम्बन्ध पुरानो र सौहार्दपूर्ण रहेको बताउँदै […]

  • DPM Krishna Bahadur Mahara returns from China

    अब म पाँच वर्षसम्मका लागि साझा व्यक्ति हुँ : सभामुख महरा

    ७ चैत, दाङ । सभामुख कृष्णबहादुर महराले तुलसीपुर उद्योग वाणिज्य संघले बुधबार तुलसीपुरमा आयोजना गरेको स्वागत तथा भेटघाट कार्यक्रममा सरकारलाई नीतिनिर्देशन गर्ने ठाउँमा भएकाले आफुले निष्पक्ष भूमिका निभाउने बताए । उनले भने, “अब म पाँच वर्ष सम्मका लागि साझा व्यक्ति हुँ, कुनै राजनीति विशेषमा छैन्, म निर्दलीय भएको छु, मैले प्रतिनिधि सभामा निष्पक्ष रुपले काम […]

  • Krishna Bahadur Mahara

    कृष्णबहादुर महरा : शिक्षकदेखि सभामुखसम्मको यात्रा

    जन्म र पृष्ठभूमि पिता रविचन्द्र र माता समुद्रदेवीका कोखबाट वि.सं २०१५ असारमा रोल्पा, लिवाङ–७ स्थित धारापानीमा जन्मनुभएका महराको हालको स्थायी घर रोल्पा नगरपालिका वडा नं १ मा रहेको छ । बालकल्याण मावि लिबाङ रोल्पाबाट प्रवेशिका परीक्षा उत्तीर्ण महराले विज्ञान विषयमा प्रवीणता प्रमाणपत्र र त्रिभुवन विश्वविद्यालय, महेन्द्र बहुमुखी क्याम्पस, नेपालगञ्जबाट स्नातक तह उत्तीर्ण गर्नुभएको हो । […]

  • dilii-malla

    सभामुख महराको प्रेस सल्लाहकारमा मल्ल सिफारिस

    २ चैत, काठमाण्डौ । सभामुख कृष्णबहादुर महराको प्रेस सल्लाहकारमा डिल्ली मल्ल सिफारिस भएको छ । शुक्रबार जिल्लाका नेताहरूसहित बसेको बैठकले मल्ललार्इ सिफारिस गर्ने निर्णय गरेको हो । मल्ल प्रेस सेन्टर दाङका अध्यक्ष र नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष हुन् । उनी दाङवाट प्रकाशित हुने माओवादी निकट ‘नौलो जनउभार’ साप्ताहिक पत्रिकाको सम्पादक समेत छन् । सल्यान […]

  • krishna-bahadur-mahara

    अनुशासित भएर काम गर्न सभामुखको निर्देशन

    २९ फागुन, काठमाण्डाै । संघीय संसदका सभामुख कृष्णबहादुर महराले अनुशासित भएर काम गर्न संसद सचिवालयका कर्मचारीहरुलाई निर्देशन दिनुभएको छ । सचिवालयका कर्मचारीलाई साेमबार निर्देशन दिँदै उहाँले आफ्नो सफलतामा कर्मचारीको भूमिका महत्वपूर्ण हुने हुँदा सहयोगका लागि आग्रह गर्नुभयो । सभामुख महराले भन्नुभयो, “मलाई तपाईंहरुले सहयोग गर्नुहुन्छ भन्ने पूर्ण विश्वास छ, राज्यको पूर्णकालीन कार्यकर्ताका रुपमा तपाईंहरुले सक्रिय […]

  • shasank koirala

    सभामुखलाई कांग्रेसका महामन्त्री कोइरालाले बधाई व्यक्त

    २७ फागुन, काठमाण्डौ । नेपाली कांग्रेसका महामन्त्री सशांक कोइरालाले आज बसेको संसद बैठकलाई सम्वोधन गर्दै नवनिर्वाचित सभामुख कृष्णवहादुर महरालाई बधाई व्यक्त गरेका छन् । संसदमा कमै बोल्न रुचाउने कोइरालाले आज पनि ज्यादै थोरैमात्र खर्चेका थिए । महामन्त्री कोइरालाले रोष्टममा उभिएर सम्वोधन गर्दै जनयुद्ध र शान्ति प्रक्रियाको अनुभव लिएका महराले संसदलाई सन्तुलित ढंगले चलाउने विश्वास समेत […]

  • सभामुख महराद्वारा शपथ ग्रहण

    २७ फागुन, काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरालाई आज पद तथा गोपनीयताको शपथ खुवाउनुभएको छ । दाङ–२ बाट निर्वाचित सांसद महरालाई शनिबार बसेको संसद् बैठकले संघीय संसद्को पहिलो सभामुखमा निर्वाचित गरेको थियो।  नेकपा माओवादी केन्द्रका नेता महरा शनिबार सभामुखमा निर्विरोध निर्वाचित हुनुभएको थियो । राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा भएको शपथ […]

  • DPM Krishna Bahadur Mahara returns from China

    प्रमुख विपक्षीकाे समर्थनसहित महरा सभामुखमा निर्विराेध

    २६ फागुन, काठमाण्डाै । माओवादी केन्द्रका सांसद कृष्णबहादुर महरा प्रतिनिधिसभाको सभामुख चयन भएका छन् । संसदको शनिबार बसेको बैठकले महरालाई सभामुखमा निर्विराेध निर्वाचित गरेको हो । महरालाई सभामुख बनाउन एमाले सांसद एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले प्रस्ताव गरेका थिए भने माओवादीका देव गुरुङले समर्थन गरेका थिए । साथै प्रमुख विपक्षी कांग्रेसका मिनेन्द्र रिजालले पनि महरालाई समर्थन […]

  • ramkrisna mahaara

    सभामुखमा महरा निर्विरोध

    २५ फागुन, काठमाण्डौ । संघीय संसदको सभामुखमा नेकपा माओवादीका नेता कृष्णबहादुर महरा निर्विरोध निर्वाचित भएका छन् । सभामुखका लागि उनको मात्र उम्मेदवारी परेको हो । औपचारिक घोषणा भने भोलि हुनेछ । प्रमुख प्रतिपक्षी दल काँग्रेसले सभामुखको सालिन व्यक्तित्व र सन्तुलित व्यवहारले संसद् र संसदीय पद्दतिको गरिमा अभिवृद्धि हुने विश्वाससहित आफ्नो पार्टीले उम्मेदवारी नदिने भनेपछि महारा […]

  • krishna bahadur mahara

    सभामुखमा महराको उम्मेदवारी दर्ता

    २५ फागुन, काठमाण्डौ । माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले प्रतिनिधिसभाको सभामुखमा उम्मेदवारी दिएका छन् । महराको प्रस्तावकमा पूर्वसभामुख सुवास नेम्वाङ छन् भने समर्थकमा माओवादी प्रमुख सचेतक देव गुरुङ छन् । उम्मेदवारी दर्ता गर्दा माओवादी अध्यक्ष प्रचण्ड, एमाले उपमहासचिव विष्णु पौडेलसहितका नेताहरु उपस्थित थिए । माओवादी केन्द्रले शुक्रबार विहान मात्र महरालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको […]

  • Nepali-congress-Centre-office-Sanepa

    सभामुखमा कांग्रेसले उम्मेदवारी नदिने

    २५ फागुन, काठमाण्डौ । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधि सभा सभामुख पदमा उम्मेदवारी नदिने भएको छ । यसअघि राष्ट्रपतिमा उम्मेदवारी दिएको कांग्रेसले सभामुखमा भने उम्मेदवारी नदिने निर्णय गरेको पार्टी प्रवक्ता विश्वप्रका शर्माले बताए । शर्माले भने ‘सभामुखमा नेपाली कांग्रेसले उम्मेदवारी दिँदैन । सभामुख सिंगो सदनको नेता भएकोले कांग्रेसले उम्मेदवारी नदिने निर्णय गरेको हो ।’ सभामुख […]