१५ बैशाख २०८१, शनिबार

विश्वकप क्रिकेट: वेस्ट इन्डिज भारतसँग एक सय २५ रनले पराजित


एजेन्सी, १३ असार । वेस्ट इन्डिज आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको सेमिफाइनल होडबाट बाहिरिएको छ ।

बिहीबार राति भएको खेलमा भारतसँग एक सय २५ रनले पराजित भएपछि क्यारेवियन टोली वेस्ट इन्डिजको विश्वकप यात्रा समूह चरणमै सकिएको हो । यसजित पछि भारत सेमिफाइनल नजिक पुगेको छ । वेस्ट इन्डिजले अब श्रीलंका र अफगानिस्तानसँग दुई खेल्न बाँकी छ ।

अफगानिस्तान र दक्षिण अफ्रिका पनि यसअघि बाहिरिसकेका छन् ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा सात विकेटको क्षतिमा दुई सय ६८ रन बनाएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !