१४ बैशाख २०८१, शुक्रबार

विश्वकप क्रिकेट: श्रीलंकासँग अफगानिस्तान ३४ रनले पराजित


एजेन्सी, २२ जेठ । विश्वकप क्रिकेटमा कार्डिफस्थित सोफिया गार्डेनमा मंगलबार राति भएको खेलमा श्रीलंकासँग अफगानिस्तान ३४ रनले पराजित भएको छ ।

उक्त खेलमा पानी परेपछि ४१ ओभरमा खेल छोट्याइएको थियो । १८७ रनको सामान्य चुनौती पछ्याउँदै ब्याटिङ गरेको अफगानिस्तानले ३२.४ ओभरमा सबै विकेटको क्षतिमा १५२ रन मात्रै बनाउन सक्यो । अफगानिस्तानका लागि नजिबउल्लाह जादरानले ४३ र हजरतउल्लाह शाहिदीले ३० रन बनाएका थिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ३६.५ ओभरमा सबै विकेटको क्षतिमा २०१ रन मात्रै बनाउन सक्यो ।

अफगानिस्तानलाई पराजित गर्दै श्रीलंकाले पहिलो जित निकालेको छ । यसअघि भएको खेलमा श्रीलंका न्युजिल्यान्डसँग १० विकेटले पराजित भएको थियो । यता, अफगानिस्तानले भने लगातार दोस्रो खेलमा पनि हार ब्यहोरेको छ । यसअघि अफगानिस्तान अष्ट्रेलियासँग पराजित भएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु