१९ बैशाख २०८१, बुधबार

भारतसँगको दोस्रो मैत्रीपूर्ण खेलमा पनि नेपाल पराजित


volley-ball

काठमाडौं । उत्कृष्ट प्रदर्शनको बाबजुत नेपाल भारतको राष्ट्रिय महिला भलिबल टोलीसँगको दोस्रो मैत्रीपूर्ण खेलमा पराजित भएको छ । बिहिबार भएको पहिलो मैत्रीपूर्ण खेलमा गुमाएको नेपाल शुक्रबार भएको दोस्रो खेलमा पनि ३ – ० को सोझो सेटमा पराजित भएको हो ।

राष्ट्रिय खेलकुद परिषद राखेपको कबर्डहलमा भएको दोस्रो मैत्रीपूर्ण खेलमा बलियो भारतबिरुद्ध नेपाली महिला टोलीले सशक्त प्रदर्शन गरेको थियो । तर, नेपाल आफ्नै कमजोरीले भारतसँग ३ – ० को सोझो सेटमा पराजित हुन् पुग्यो । एसियन र साग गेम्स खेलेका खेलाडीहरुको बाहुल्यता रहेको भारतीय टोलीविरुद्ध पहिलो सेटमा नेपाल २४ – २६ को प्रतिस्प्रधात्मक सेटमा पराजीत भयो ।

पहिलो सेटमा २४ – २३ ले अग्रता बनाए पनि अन्तिम समयमा सम्हालिन नसक्दा नेपाल पराजित हुन् पुग्यो । नेपाल दोस्रो र अन्तिम सेटमा भने खेलमा फर्कन सकेन । दोस्रो सेटमा २५ – २० ले पराजीत भएको नेपाल अन्तिम सेटमा २५ – १९ ले पराजित भयो ।

नेपाल भलिबल संघको निमन्त्रणामा भारतीय टोली नेपालसँग मैत्रीपूर्ण खेल खेल्न नेपाल आएका हो । त्यस्तै संघको बार्षिक कार्यक्रम अन्तर्गत तथा भलिबलको सर्वोच्च सस्था एफआईभीबीको सहयोगमा नेपालले ‘जरफ्लोर टाराफ्लेक्स’ प्राप्त गरेपछि त्यसको उद्घाटनको अवसरमा नेपालले भारतसँग मैत्रीपूर्ण खेल खेलेको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !