२४ बैशाख २०८१, सोमबार

एमसीसीविरूद्ध नेपालको सानदार जित, नेपालद्धारा एमसीसी ४१ रनले पराजित


nepal vs mcc

कठमाडौं, ४ साउन । नेपालले एमसीसीसँगको च्यारिटी खेल ४१ रनले जितेको छ । नेपाली राष्ट्रिय क्रिक्रेट टोलीका लागि वसन्त रेग्मीले अन्तिम विकेट लिएर नेपाललाई विजयी बनाएका छन् । नेपालले २१८ रनको लक्ष्य लिएर आएको एमसीसी ४७.२ ओभरमा १ सय ७६ रनमा अलआउट भयो ।

नेपालबाट सागर पुन र वसन्त रेग्मीले ३-३, सोमपाल कामीले २ तथा शक्ति गौचन र सन्दीप लामिछानेले १-१ विकेट लिए । लन्डनस्थित लर्डस क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा आठ विकेटको क्षतिमा २१७ रन बनाएको थियो ।

नेपाल र बेलायतबीच कूटनीतिक सम्बन्ध स्थापना भएको २०० वर्ष पूरा भएको उपलक्ष्यमा ‘क्रिकेटको घर’का रुपमा परिचित लर्डसमा उत्रिएको हो । लर्डस् विश्वकै सबभन्दा पुरानो क्रिकेट मैदान हो भने मेरिलेबोन पनि पुरानो क्रिकेट क्लब हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !