१४ बैशाख २०८१, शुक्रबार

नेपाली राष्ट्रिय क्रिकेट टोलीको लगातार चौथो जीत


nepali cricketers

बेलायत भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले लगातार चौथो जित निकालेको छ । आइतबार राति भएको खेलमा नेपाली टोलीले बेलायतको स्थानीय क्रिकेट क्लब इस्टबर्नलाई एक सय ८१ रनले हराएको हो ।
नेपालले प्रस्तुत गरेको तीन सय एक रनको लक्ष्य पछ्याएको इस्टबर्नले ३४ दशमलव ३ ओभरमा सबै विकेट गुमाएर एक सय १९ रन मात्रै बनाउन सक्यो । इस्टबर्नलाई कम रनमै सीमित बनाउन नेपालका सोमपाल कामीले तीन बसन्त रेग्मी र सागर पुनले समान दुई दुई विकेट लिए । यसअघि पहिलो ब्याटिङ गरेको नेपाली टोलीले मात्र तीन विकेट गुमाएर इस्टबर्नसामु तीन सय एक रनको लक्ष्य प्रस्तुत गरेको हो । नेपालका विनोद भन्डारी र राजु रिजाल नट आउट रहे ।

विनोदले ६७ बल खेल्दै ७७ रन बनाए भने राजु रिजालले ६० बल खेल्दै ६० रन बनाए
त्यस्तै ओपनर अनिल मण्डलले ११० बलको सामना गर्दै ७३ रन । अर्का ओपनर सुवास खकुरेल १२ बल खेलेर ६ रन बनाउँदै क्याच आउट भएका थिए । खकुरेल आउट भएपछि मैदानमा आएका सरद भेषवाकरले ६७ बल खेल्दै ६० रन बनाएर आउट भएका थिए ।
नेपाली टोलीले गएको शनिबार राति भएको खेलमा कन्फ्रेन्स क्रिकेट क्लबलाई चार विकेटले हराएको थियो । यस्तै बिहीबार भएको ट्वेन्टी–ट्वेन्टी खेलमा इन्डियन जिमखानालाई २० रनले हराएको नेपाली टोलीले बुधबार भएको ४० ओभरको खेलमा फ्रि फोरेस्टरलाई एक सय २९ रनले हराएको थियो ।
नेदरल्यान्ड्ससँग विश्व क्रिकेट लिग च्याम्पियनसिपको खेलको तयारीका क्रममा नेपालले बेलायतका विभिन्न क्लबले चार वटा अभ्यास खेल खेलको छ । अब मंगलबार नेपाल र विश्वकै पुरानो मेरिलिबोन क्रिकेट क्लब एमसिसीबिच बेलायतको लर्ड्स मैदानमा खेल हुनेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !