२५ बैशाख २०८१, मंगलबार

प्रथम पौवादुङमा गोल्डकपको उपाधि देउरालीलाई


प्रथम पौवादुङमा गोल्डकप

भोजपुर । प्रथम पौवादुङमा गोल्डकपको उपाधि देउराली फुटबल क्लबले हातपारेको छ । अन्तिम खेलमा आम्तेक–११ लाई ३–२ अन्तरले हराउँदै देउरालीले उपाधि जितेको हो । जितसँगै देराउराली फुटबल क्लबले नगद तीन लाखसँगै ट्रफी मेडल र प्रमाणपत्र पाएको छ । उपविजेता बन्ने आम्तेक ११ ले नगद दुई लाख पाएको छ ।

यही माघ १ गतेबाट सुरु भएको प्रतियोगितामा १६ टिमले सहभागिता जनाएका थिए । प्रतिस्पर्धात्मक खेलमा देउरालीका लागि बिजु भुजेलले दुई गोल गरे भने थप एक गोल सुवास तामाङले गरे । उता आम्तेक ११ का लागि दुवै गोल निशान लिम्बूले गरे ।

देउरालीका बिजु भुजेल फाइनल खेलको म्यान अफ द म्याच चुनिए । उत्कृष्ट खेलाडी देउरालीकै विवेक राई, उत्कृष्ट गोलरक्षक देउरालीका चरी लिम्बू, उत्कृष्ट डिफेन्डर आम्तेकका रेमन उदास घोषित भएको आयोजक समितिका सचिव देउमान राईले बताए ।

उत्कृष्ट मिडफिल्डर आम्तेक–११ का रोशन भुजेल, उत्कृष्ट स्ट्राइकर र सर्वाधिक गोलकर्ताको पुरस्कार आम्तेक–११ का निशान लिम्बूले प्राप्त गरेको पौवादुङमा गोल्डकप तथा माघीमेला कार्यक्रम–२०८० आयोजक समिति अध्यक्ष चोलप्रसाद आलेले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !