२४ बैशाख २०८१, सोमबार

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेशी आज


सन्दीप लामिछाने खुशीयाली

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । जिल्ला अदालत काठमाडौँले लामिछानेविरुद्धको मुद्दामा आज पेशी तोकेको हो ।

गत भदौ १० गते उक्त मुद्दाको पेसी तोकिएपनि ‘हेर्न नभ्याइने’ सूचीमा परेपछि अदालतले आजका लागि अर्को पेसी तोकेको थियो । लामिछानेविरुद्धको बलात्कार मुद्दा काठमाडौँ जिल्ला अदालतमा विचाराधीन मुद्दाको अन्तिम बहस पटक-पटक स्थगित हुँदै आएको छ ।

सर्वोच्च अदालतले संवेदनशील विषयको मुद्दा भएको भन्दै अग्राधिकारसहित चाँडो फैसला गर्न आदेश दिइसकेपनि जिल्ला अदालतमा सन्दीपविरुद्धको मुद्दा टुंगो लाग्न सकेको छैन ।

यसअघि साउन ३२ गते न्यायाधीश राजुकुमार खतिवडाको इजलासले गौशाला २६ की आमाको जन्ममिति फरक परेको भन्दै प्रमाणीकरण गर्न आदेश दिएको थियो । नाबालिगको आमाको जन्ममिति एउटा कागजातमा २०३५ र अर्को कागजातमा २०३३ रहेको पाइएपछि जन्ममिति प्रमाणिकरण गर्न भनिएको हो ।

यसअघि, नाबालिक बलात्कार मुद्दाको थुनछेक बहसका काठमाडौँले लामिछानेलाई पूर्पक्षका लागि थुनामा पठाएको थियो भने उच्च अदालत पाटनले रु २० लाख धरौटीमा छाड्न आदेश दिएको थियो । तर सर्वोच्च अदालतले लामिछानेलाई विदेशका प्रतियोगितामा भाग लिन जान पाउने आदेश गरेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !