२५ बैशाख २०८१, मंगलबार

वर्षाले नेपाल र युएईबीचको खेल रद्द, नेपाल समूह उपविजेता


महिला टी–२० सिरिज

काठमाडौँ । मलेसियामा जारी आइसिसी महिला टि–२० विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत नेपाल र युनाइटेड अरब इमिरेट्स (युएई) बीचको खेल वर्षाका कारण प्रभावित भएर रद्द भएको छ ।

मलेसियामा जारी आइसिसी महिला टि-२० विश्वकप एसिया क्षेत्र छनोटमा समूह विजेता बन्न निर्णायक मानिएको नेपाल र युएईबीचको खेल वर्षाको कारण प्रभावित बनेको हो ।

क्वालालम्पुरस्थित सेलाङग्र टर्फ क्लबमा तय खेलअघि वर्षा भएपछि खेल सुरु नभई रद्द भएपछि दुवै टोलीले एक-एक अंक पाएका छन् । वर्षाको कारण टस पनि हुन नसकेपछि दुबै टोलीले एक एक अंक बाँडेका छन् ।

योसँगै समूह ए बाट युएई विजेता र नेपाल उपविजेता बन्दै सेमिफाइनलमा पुगेका छन् । समूह ए मा युएई ५ खेलमा ९ अंक र नेटरनरेट ३.३३९ का साथ शीर्ष स्थानमा रह्यो ।

यस्तै कतार र मलेसिया तथा भुटान र बहराइनबीचको खेल पनि वर्षाका कारण सुर हुन सकेको छैन । तीनवटै खेलको टससमेत हुनसकेको छैन । लगातार चौथो जित निकालेको नेपालका लागि आजको खेल महत्त्वपूर्ण मानिएको थियो ।

आजको खेल जितेमा समूह विजेता बन्ने नेपाल अंक बाँडेर उपविजेता बनेको हो । समूह ‘ए’ मा चार खेल जितेको युएई चार खेलमा आठ अङ्कसहित रनरेटका आधारमा शीर्ष स्थानमा छ । नेपाल दोस्रो स्थानमा छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !