२४ बैशाख २०८१, सोमबार

आइसिसी क्रिकेट लिग–२ : आज नेपाल र पिएनजी भिड्दै


नेपाल युएईसँग पराजित

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (युएई) मा जारी आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको युएई-पिएनजी र नेपालीबीचको त्रिकोणात्मक शृङ्खलामा आज नेपाल र पिएनजी भिड्दै छन् ।

आज नेपालले पपुवा न्युगिनी (पीएनजी) विरूद्ध आफ्नो तेस्रो खेल खेल्ने भएको हो । दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा नेपाली समय अनुसार बिहान पौने १२ बजे खेल सुरु हुनेछ ।

यहीँ सिरिजको क्रममा सोमबार नेपालले पीएनजीलाई हराएको थियो भने हिजो भएको युएईसँगको खेलमा नेपाल पराजित भएको थियो । पीएनजी ३० खेलमा ३ मा जित र २६ मा हारसहित ७ अंक जोडेर तालिकाको पुछारमा छ ।

युएई ३० खेलमा १४ मा जित र १३ मा हारसहित ३१ अङ्कका साथ पाँचौँ स्थानमा छ । नेपाल ३० खेलमा १३ मा जित र १५ मा हारसहित २८ अङ्कका साथ अङ्क तालिकाको छैटौँ स्थानमा छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !