२७ बैशाख २०८१, बिहिबार

आईसीसी लिग-२ : यूएईले नेपाललाई दियो २०८ रनको लक्ष्य


नेपाल लगातार तेस्रो खेलमा विजयी

काठमाडौँ । आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिदेशीय शृंखलामा यूएईले नेपाललाई २०८ रनको लक्ष्य दिएको छ ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको युएईले ५० ओभरमा ८ विकेटको क्षतिमा २०७ रन बनाएको हो ।

आसिफ खानको अर्धसतकको मद्दतमा युएईले नेपाललाई २०८ रनको लक्ष्य दिएको छ । यूएईका लागि आसिफ खानले ९९ बलमा ५ चौका र ३ छक्काहित ७२ रनको अर्धशतकीय इनिङ खेले ।

यस्तै रोहन मुस्ताफाले ७ बलमा दुई चौकासहित ५१ रनको अविजित इनिङ खेले । मुस्ताफासँग ५८ रनको साझोदारी गरेका आर्यन लाक्राले ३६ बलमा २८ रन बनाएका थिए ।

युएईलाई सामान्य लक्ष्यमा समेट्ने क्रममा नेपालका लागि सन्दीप लामिछानेले ३ विकेट लिए । उनले १० ओभरमा मात्रै २७ रन खर्चिएर महत्वपुर्ण विकेट हात पारेका हुन् ।

यस्तै करण केसी, आरिफ शेख र कुसल मल्लले समान एक विकेट हात पारे । कुशलले ५ ओभरमा १७ रन खर्चिएर एक विकेट लिए । आरिफले ९ ओभरमा ३३ रन खर्चिएर एक विकेट लिएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !