१४ बैशाख २०८१, शुक्रबार

रोहित र कुशलको कीर्तिमानी साझेदारीमा नामिबियामाथि नेपालको शानदार जित


रोहित पौडल र कुशल भुर्तेल

काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग–दुई को त्रिकोणात्मक एकदिवसीय सिरिजअन्तर्गत कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको पहिलो खेलमा नेपाल नामिबियालाई दुई विकेटले पराजित गर्दै विजयी भएको छ ।

घरेलु मैदानमा जितको लागि २८६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ४७.४ ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्यो । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नामिबियाले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै २८५ रनको योगफल बनाएको थियो । यसअघि नेपालले सन् २०१९ मा एक दिवसीय सिरिजमा युएईविरुद्ध २५५ रनको विशाल योगफल बनाएको थियो ।

टस जितेर फिल्डिङ रोजेको नेपालले आज भएको खेलमा कप्तान रोहित पौडल र ओपनर कुशल भुर्तेलले नेपाली ओडिआई क्रिकेट इतिहासकै सर्वाधिक ठूलो साझेदारीले नेपालले नामिबियामाथि शानदार जित हासिल गरेको हो ।

ओपनर कुशलको शतकमा नेपालले नामिबियामाथि दुई विकेटको ऐतिहासिक जित हात पार्दै ओडिआई क्रिकेट इतिहासमा नेपालले सर्वाधिक ठूलो योगफल पूरा गरेको हो । यो नेपालले ओडीआईमा बनाएको यो अहिलेसम्मकै सबैभन्दा ठूलो स्कोर हो ।

नेपालको जितमा कुशल भुर्तेल नायक बने । नेपालको जितमा ओपनर कुशलले ११३ बलमा १० चौका र ४ छक्कासहित ११५ रन बनाएर जितको लागि ३ रन आवश्यक हुँदा उनी आउट भए । भुर्तेलले एकदिवसीय अन्तर्राष्ट्रिय शृङ्खलामा पहिलो पटक शतक प्रहार गरे । यसअघि एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा उनले सर्वाधिक ८४ रन बनाएका थिए ।

त्यसैगरी कप्तान रोहित पौडेलले ७२ रन बनाए भने सन्दीप जोराले २८, ज्ञानेन्द्र मल्ले २५, करण केसीले २०, कुशल मल्लले ६ तथा सोमपाल कामीले ४ रन जोडे । बलिङतर्फ नामिबियाका रुवेन ट्रम्पेलम्यान र जान निकोलले समान तीन/तीन विकेट लिए ।

नामिबियाका लागि माइकल भ्यान लिङ्गेनले सानदार शतक प्रहार गरे । १३७ बल खेल्दै उनले पाँच छक्का र नौ चौकाको मद्दतमा १३३ रनको योगदान दिए । त्यसैगरी नामिबियाका कप्तान गेर्हार्ड इरास्मसले ५६ जोडे । जेन ग्रिनले ३४ रन बनाए भने जान फ्रिलिङ्कले १३ रन जोडे ।

बलिङतर्फ नेपालका लागि करण केसी एक्लैले ५ विकेट लिए भने सन्दीप लामिछानेले ३ विकेट झारे । कुशल मल्ल र सोमपाल कामीले समान १/१ विकेट लिए । यसजितसँगै नेपालले २५ खेलमा २० अङ्क जोडेको छ । उक्त सिरिजअन्तर्गत अब नेपालले यही फागुन ५ गते स्कटल्याण्डसँग खेल्नेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !