२६ बैशाख २०८१, बुधबार

यु-१७ साफ च्याम्पियनसिप : उपाधिका लागि नेपाल र भारत भिड्दै


नेपाल र भारत भिड्दै

काठमाडौं । श्रीलंकामा जारी साफ यू-१७ च्याम्पियनसिप फुटबलको फाइनल आज बुधबार हुँदै छ । यु–१७ साफ च्याम्पियनसिपको उपाधि आफ्नो पोल्टामा पार्नका लागि नेपाल र भारत भिड्दै छन् ।

नेपाल र भारतबीच हुन लागेको फाइनल खेल कोलम्बोको रेस कोर्स मैदानमा हुने फाइनल खेल आज बुधबार राति सवा ८ बजे सुरू हुनेछ । प्रतियोगिताको पहिलो सेमिफाइनलमा भारतले बंगलादेशलाई २–१ ले र दोस्रो सेमिफाइनलमा नेपालले आयोजक श्रीलंकालाई ६–० ले हराएको थियो ।

प्रतियोगितामा नेपाल अपराजित रहदै फाइनल पुगेको हो । भारतले भने समूह चरणमा एक हार व्यहोर्यो । नेपालले समूह चरणमा भारतलाई ३–१ गोल अन्तरले हराएको थियो ।

आज जितको निरन्तरतालाई कायम राख्दै उपाधि उचाल्ने नेपालको लक्ष्य रहेको छ । यता, भारत भने नेपालविरुद्ध समूह चरणमा व्यहोरेको हारको बदला लिन चाहन्छ ।

यसअघि मंगलबार आयोजित प्रि–म्याच कन्फरेन्समा बोल्दै मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले फाइनल खेल कठिन हुने बताउँदै फाइनल खेल अघिल्ला खेलजस्तै मेहनत गरेर खेल्ने जानकारी दिएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !