१५ बैशाख २०८१, शनिबार

मनोज प्रभाकरले बाजी मारे नेपाली क्रिकेटको मुख्य प्रशिक्षक पद


मनोज प्रभाकर

काठमाडौं । भारतका पूर्व क्रिकेटर मनोज प्रभाकरले नेपाली क्रिकेटको मुख्य प्रशिक्षक पद बाजी मारेका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा मनोज प्रभाकरलाई नियुक्त गरेको हो ।

भारतका पूर्व अलराउन्डर तथा रणजी ट्रफी विजेता प्रशिक्षक प्रभाकरलाई क्यानले आज सोमबार नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो ।

क्यानका अनुसार प्रभाकरले भारतका लागि ३९ टेस्ट र १३० एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलेका छन् । उनी अफगानिस्तानको राष्ट्रिय टोलीको प्रशिक्षकसँगै दिल्ली, राजस्थान र उत्तर प्रदेशको क्रिकेट संघको प्रशिक्षकसमेत भइसकेका छन् । यस्तै उनीसँग अफगानिस्तान क्रिकेट टोलीको प्रशिक्षकको रूपमा काम गरेको अनुभव रहेको छ ।

मुख्य प्रशिक्षक नियुक्त भएपछि प्रभाकरले नेपाली क्रिकेट टोलीसँग काम गर्न आफू उत्साहित रहेको बताएका छन् । उनले नेपालमा क्रिकेटप्रतिको चासो, उनीहरूको प्रतिभा र सीपको स्तरलाई हेरेर आफू नेपाली क्रिकेटलाई बलियो बनाउन उत्सुक रहेको बताए ।

दोस्रोपटक कार्यभार सम्हाल्न आएका प्रशिक्षक पुबुदु दासानायकेले राजीनामा दिएपछि नेपाली क्रिकेट टिम प्रशिक्षकविहीन बनेको थियो । प्रशिक्षक दासानायकेले नेपाल छाडेपछि ‘राष्ट्रिय क्रिकेट टोलीमा गुट, उपगुट र विवाद भएको’ बताएका थिए ।

यो पनि पढ्नुहोस्

पुबुदु दासानायके क्यानाडाको क्रिकेट टोलीको प्रमुख प्रशिक्षकमा नियुक्त

पुबुदु दासानायकेले क्रिकेट प्रशिक्षकबाट दिए राजीनामा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु