२३ बैशाख २०८१, आइतबार

पेरुलाई १-० गोल अन्तरले पराजित गर्दै उरुग्वे विश्वकपमा छनोट


उरुग्वे

एजेन्सी । विश्वकपको दक्षिण अमेरिकी छनोटमा पेरुलाई १–० गोल अन्तरले पराजित गर्दै उरुग्वे कतार विश्वकप २०२२ को लागि छनोट भएको छ ।

अन्तर्राष्ट्रिय समाचार अनुसार उरुग्वेलाई जित दिलाउन जिओर्जियन डी आरास्काइटाले निर्णायक गोल गरे । उनले खेलको ४२ औं मिनेटमा गोल गरेका थिए ।

योसँगै दक्षिण अमेरिकी छनोटबाट ब्राजिल, अर्जेन्टिना र इक्वेडर यसअघि नै विश्वकपका लागि छनोट भइसकेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !