२३ बैशाख २०८१, आइतबार

काठमाडौं किङ्ग्स इलाभेनका मुख्य प्रायोजक शिवम् सिमेन्ट हुने


काठमाडौं किङ्ग्स इलाभेनका मुख्य प्रायोजक शिवम् सिमेन्ट हुने

काठमाडौँ । एभरेष्ट प्रिमियर लिग क्रिकेट अन्तर्गत काठमाडौं किङ्ग्स इलाभेन टिमको मुख्य प्रायोजन शिवम् सिमेन्ट लिमिटेडले गर्ने भएको छ । आउँदो असोज ९ गतेदेखि असोज २३ गतेसम्म किर्तिपुर स्थित टियु मैदानमा हुन गईरहेको एभरेष्ट प्रिमियर लिगमा शिवम् सिमेन्ट स्ट्रेन्थ पार्टनरको रुपमा काठमाडौं किङ्ग्स इलाभेनमा आबद्ध हुनेछ ।

हालै भएको एक औपचारिक कार्यक्रममा शिवम् सिमेन्ट र काठमाडौं किङ्ग्स इलाभेनबीच सम्झौता हस्ताक्षर भएको थियो । शिवम् सिमेन्ट लिमिटेडले काठमाडौं किङ्ग्स इलाभेन टिमको मुख्य प्रायोजन तथा लिगको अवधिभर टेलिभिजन ब्रोडकाष्टको लागि स्ट्रेन्थ पार्टनरको रूपमा समेत आवद्ध हुने जनाएको छ ।

टियू खेल मैदानमा १५ दिनसम्म सञ्चालन हुने एभरेष्ट प्रिमियम लिगमा ६ टिमहरु सहभागि हुनेछन् । चर्चित नेपाली बलर सन्दिप लामिछानेको कप्तानीमा उत्रिन लागेको काठमाडौं किङ्ग्स इलाभेन टिममा अन्तर्राष्ट्रिय स्तरको ख्यातिप्राप्त अल राउण्डर क्रिकेटर साहिद अफ्रिदी र जनकप्रकाश आवद्ध छन् भने गुल्शन झा, सुवास खकुरेल र सिद्धान्त लोहनीसहित राष्ट्रियस्तरका खेलाडीहरू रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !