१२ बैशाख २०८१, बुधबार

क्यानद्वारा क्रिकेटको मुख्य प्रशिक्षक पदका लागि दरखास्त आह्वान


नेपाल क्रिकेट संघ

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले पुरूष क्रिकेटको मुख्य प्रशिक्षक पदमा दरखास्त आह्वान गरेको छ । डेभ वाटमोरले मुख्य प्रशिक्षक पदबाट राजीनामा दिएपछि रिक्त रहेको उक्त पदको लागि क्यानको बोर्ड बैठकले दशैं अगाडि नै मुख्य प्रशिक्षक पदका लागि दरखास्त आह्वान गर्ने निर्णय गरेको थियो ।

पारिवारिक कारण देखाएर नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षकबाट राजीनामा दिएका पूर्व अस्ट्रेलियन क्रिकेटर ह्वाटमोरले इमेलमार्फत नेपाल क्रिकेट संघ (क्यान) लाई राजीनामा बुझाएका थिए ।

ह्वाटमोरले भारतको बरोडा क्रिकेट एसोसिएसनको प्रमुख प्रशिक्षक तथा क्रिकेट निर्देशक नियुक्त भइसकेका छन् । वर्ल्ड क्रिकेट लिग टूको त्रिकोणात्मक सिरिज खेल्न ओमान पुगेका ह्वाटमोरले उतैवाट राजीनामा दिएका थिए ।

क्यानले खुल्ला प्रतिस्पर्धाबाट ह्वाटमोरलाई राष्ट्रिय टिमको मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो । क्यानसंग एक वर्षको सम्झौता गरेका उनले ८ महिना नबित्दै राष्ट्रिय टिमबाट बाहिरिने निर्णय गरेका थिए । ह्वाटमोरले निजी कारणले राजीनामा दिएका थिए ।

दरखास्त आह्वान

यो पनि पढ्नुहोस्

नेपाली क्रिकेट टिमका पूर्व प्रशिक्षकबाट ह्वाटमोर भारत बरोडाको मूख्य प्रशिक्षक नियुक्त

किन राजीनामा दिन बाध्य हुन्छन् फुटबल र क्रिकेट टिमका मुख्य प्रशिक्षकहरु ?

राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक वाट्मोरले दिए राजीनामा

राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक वाट्मोरले दिए राजीनामा

अब्दुल्ला अल्मुताइरीद्वारा फुटबल टिम प्रशिक्षकवाट बाहिरिने संकेत

राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्ला अल्मुताइरीद्वारा राजीनामा घोषणा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !