राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक वाट्मोरले दिए राजीनामा Nepalpatraराष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक वाट्मोरले दिए राजीनामा
२७ श्रावण २०७९, शुक्रबार

राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक वाट्मोरले दिए राजीनामा


डेभ वाट्मोर

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक डेभ वाट्मोरले राजीनामा दिएका छन् । उनले इमेलमार्फत नेपाल क्रिकेट संघ (क्यान) लाई राजीनामा बुझाएका हुन् ।

वर्ल्ड क्रिकेट लिग टूको त्रिकोणात्मक सिरिज खेल्न ओमान पुगेका वाट्मोरले आजै शुक्रबार राजीनामा दिएका हुन् । उनले इमेलमार्फत नेपाल क्रिकेट संघलाई राजीनामा बुझाएको क्यानका सचिव अशोकनाथ प्याकुरेलले जानकारी दिए ।

क्यानले खुल्ला प्रतिस्पर्धाबाट वाटमोरलाई राष्ट्रिय टिमको मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो । क्यानसंग एक वर्षको सम्झौता गरेका उनले ८ महिना नबित्दै राष्ट्रिय टिमबाट बाहिरिने निर्णय गरेका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !