१४ बैशाख २०८१, शुक्रबार

राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक वाट्मोरले दिए राजीनामा


डेभ वाट्मोर

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक डेभ वाट्मोरले राजीनामा दिएका छन् । उनले इमेलमार्फत नेपाल क्रिकेट संघ (क्यान) लाई राजीनामा बुझाएका हुन् ।

वर्ल्ड क्रिकेट लिग टूको त्रिकोणात्मक सिरिज खेल्न ओमान पुगेका वाट्मोरले आजै शुक्रबार राजीनामा दिएका हुन् । उनले इमेलमार्फत नेपाल क्रिकेट संघलाई राजीनामा बुझाएको क्यानका सचिव अशोकनाथ प्याकुरेलले जानकारी दिए ।

क्यानले खुल्ला प्रतिस्पर्धाबाट वाटमोरलाई राष्ट्रिय टिमको मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो । क्यानसंग एक वर्षको सम्झौता गरेका उनले ८ महिना नबित्दै राष्ट्रिय टिमबाट बाहिरिने निर्णय गरेका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु