६ बैशाख २०८१, बिहिबार

अब्दुल्ला अल्मुताइरीद्वारा फुटबल टिम प्रशिक्षकवाट बाहिरिने संकेत


अब्दुल्ला अल्मुताइरी फाइल फोटो

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले प्रशिक्षक पदवाट बाहिरिने संकेत गरेका छन् । उनले आज बुधबार सामाजिक संजाल फेसबुकमा एक स्टाटस लेख्दै प्रशिक्षक पद छाड्ने संकेत गरेका हुन् ।

फुटबल विवादका बारेमा छानबिन समितिले बुधबार प्रतिवेदन बुझाएसँगै अलमुताइरीले नेपाल छाड्ने संकेत गरेका हुन् । उनले लेखेका छन्, “म बाहिरिएँ, अब राजनीतिलाई काम गर्न देऊ ।”

यसअघि श्रावण १० गते आइतबार सामाजिक संजाल फेसबुकमा एक स्टाटस लेख्दै राजीनामा दिने घोषणा गरेका थिए । उनले एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङका कारण राजीनामा दिन लागेको संकेत गरेका थिए ।

राष्ट्रिय खेलकुद परिषद्ले बनाएको छानबिन समितिले नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अल्मुताइरीलाई विवाद सिर्जना हुने कुनै पनि गतिविधि नगर्न सचेत गराउन सिफारिस गरेको छ ।

राखेपलाई बुधबार प्रतिवेदन बुझाउँदै छानबिन समितिले मुख्य प्रशिक्षक अल्मुताइरीले अखिल नेपाल फुटबल संघ (एन्फा) सँग गरेको सम्झौता अनुसारका कार्य मात्र गर्नुपर्ने र विवाद सिर्जना हुने खालका कुनै पनि गतिविधि नगराउन सचेत गराउन सिफारिस गरेको हो ।

छानबिन समितिले अलमुताइरीले राजीनामा सम्बन्धी लेखेको पोस्टलाई आफ्नो फेसबुकबाट हटाउन निर्देशन दिनुका साथै समितिले उनलाई एन्फाका पदाधिकारीसँगको कुनै कुरामा धारणा नराख्न पनि सुझाएको छ ।

यो पनि पढ्नुहोस्

राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्ला अल्मुताइरीद्वारा राजीनामा घोषणा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !