२४ बैशाख २०८१, सोमबार

एमाले अध्यक्ष ओली नेपाल र भारत वीचको मैत्रीपूर्ण फुटबल हेर्न रंगशालामा


नेपाल र भारत अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल

काठमाडौं । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भइरहेको नेपाल र भारतबीचको मैत्रीपूर्ण फुटबल खेल हेर्न पुगेका छन् । आज आइतबार अपरान्ह उनी नेपाल र भारतबीचको दोस्रो मैत्रीपूर्ण फुटबल हेर्न पुगेका हुन् ।

यसैगरी,गृहमन्त्री बालकृष्ण खाण पनि आजको खेल हेर्न दशरथ रंगशाला पुगेका छन् । साफ च्याम्पियनसिपको तयारीमा रहेका दुई मित्र राष्ट्र नेपाल र भारतवीच बिहीबार दशरथ रंगशालामा भएको मैत्रीपूर्ण खेल १-१ गोलको बराबरीमा टुंगिएको थियो । खेलको पहिलो हाफमा लिएको अग्रता जोगाउन नसक्दा नेपाल पहिलो खेलमा बराबरीका रोकिएको थियो ।

बिहीबार भएको खेलमा घरेलु मैदानमा पहिलो हाफमा अञ्जन विष्टले खेलको ३६ औं मिनेटमा नेपालको लागि पहिलो गोल गरेर नेपाललाई अग्रता दिलाएका थिए । यस्तै भारतका अनिरुद्र थापाले दोस्रो हाफमा खेलको ६० औं मिनेटमा भारतको लागि पहिलो गोल गरेर खेललाई बराबरीमा फर्काएका थिए ।

भारतसितको पहिलो मैत्रीपूर्ण खेलमा १/१ गोलको बराबरी खेलेको नेपाली फुटबल टोली दोस्रो खेलमा जितका लागि उत्साहित छ । आज जारी खेलमा नेपाल जित निकाल्ने रणनीतिका साथ मैदान उत्रेपनि अझसम्म कुनै गोल गर्न सकेको छैन ।

यो पनि पढ्नुहोस्

किरण चेम्जोङले कायम गरे राष्ट्रिय टोलीबाट सर्वाधिक खेल खेल्ने कीर्तिमान

मैत्रीपूर्ण फुटबलः नेपाली टोली उत्साहित

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल : नेपाल र भारतबीचको दोस्रो खेल आज हुँदै

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल : नेपाल र भारत १-१ गोलको बराबरीमा

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल : नेपालविरुद्ध भारतले पनि गर्यो १ गोल

भारतविरुद्ध नेपालले गर्यो १ गोल


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !